मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालमा बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित
त्रिवि शिक्षण अस्पतालमा बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित

। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित भएको छ ।

बीमा बोर्डको शल्यक्रिया दररेट र शिक्षण अस्पतालको दरबीच भिन्नता रहेको कारण सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासन प्रमुख प्रमोदकुमार निरौलाका अनुुसार एक हप्तादेखि स्थगित रहेको शल्यक्रिया सेवा सञ्चालन हुन अझै केही दिन लाग्न सक्छ ।

‘सोमबार पनि स्वास्थ्य बीमा बोर्डका अधिकारी र अस्पताल प्रशासनबीच छलफल भएको थियो । दररेटहरूबीचको फरकलाई सफ्टवेयरमा मिलाउन समय लाग्ने भएकोले अझै केही दिन समस्या कायम नै रहन्छ’, निरौलाले अनलाइनखबरसँग भने ।



बोर्डले भदौ १ बाट सेवा सुविधाको शुल्क परिमार्जित गरेको थियो । दुई हप्ता अगाडि अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट उपचार बापतको रकम प्राप्त नभएको भन्दै सेवा दिन नसक्ने जनाएको थियो ।

तर बोर्डका अध्यक्ष डा. गुणराज लोहनी र कार्यकारी निर्देशक डा. दामोदर बसौलाको अस्पताल गएर छलफल गरेपछि तत्कालका लागि समस्या समाधान गरिएको थियो ।

हाल स्वास्थ्य बीमाबाट पाइने शल्यक्रियाबाहेकका अन्य सेवाहरू सञ्चालनमा रहेका छन् । स्वास्थ्य बीमा सुरु गरेपछिको लगभग ६७ करोड रुपैयाँ प्राप्त गर्नुपर्ने दाबी अस्पताल प्रशासनले गरेको छ । तर बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पुससम्मको भुक्तानी भइसकेको र त्यसपछिको २४ करोड हाराहारीमा भुक्तानी हुन बाँकी रहेको बताए ।

‘बिरामीलाई जाँचेको कागजातसहित भुक्तानीको लागि सफ्टवेयरमा आउनुपर्छ । बीमा सुरु भएदेखि नै कागजात नमिलेको दाबीलाई जोड्नुभएको होला’, डा. बसौलाले भने, ‘तर भुक्तानीका लागि सफ्टवेयरमा नआएको दाबीको भुक्तानी त बोर्डले दिन सक्दैन नि ।’

सबैसेवा प्रदायक संस्थाको पुससम्मको भुक्तानी सबै भइसकेको त्यसयताको बाँकी रहेको बोर्डले जनाएको छ ।

बसौलाका अनुसार सरकारबाट प्राप्त हुनुपर्ने तीन वर्षको लक्षित वर्गको प्रिमियम ८ अर्ब ७५ करोड रुपैयाँ र यस वर्षको अनुदान ७ अर्ब प्राप्त हुनासाथ असारसम्मको सबै भुक्तानी गर्ने गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन
जल्यो संसद भवन
सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक, आफैं पड्काए
बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम