मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालमा बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित
त्रिवि शिक्षण अस्पतालमा बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित

। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित भएको छ ।

बीमा बोर्डको शल्यक्रिया दररेट र शिक्षण अस्पतालको दरबीच भिन्नता रहेको कारण सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासन प्रमुख प्रमोदकुमार निरौलाका अनुुसार एक हप्तादेखि स्थगित रहेको शल्यक्रिया सेवा सञ्चालन हुन अझै केही दिन लाग्न सक्छ ।

‘सोमबार पनि स्वास्थ्य बीमा बोर्डका अधिकारी र अस्पताल प्रशासनबीच छलफल भएको थियो । दररेटहरूबीचको फरकलाई सफ्टवेयरमा मिलाउन समय लाग्ने भएकोले अझै केही दिन समस्या कायम नै रहन्छ’, निरौलाले अनलाइनखबरसँग भने ।



बोर्डले भदौ १ बाट सेवा सुविधाको शुल्क परिमार्जित गरेको थियो । दुई हप्ता अगाडि अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट उपचार बापतको रकम प्राप्त नभएको भन्दै सेवा दिन नसक्ने जनाएको थियो ।

तर बोर्डका अध्यक्ष डा. गुणराज लोहनी र कार्यकारी निर्देशक डा. दामोदर बसौलाको अस्पताल गएर छलफल गरेपछि तत्कालका लागि समस्या समाधान गरिएको थियो ।

हाल स्वास्थ्य बीमाबाट पाइने शल्यक्रियाबाहेकका अन्य सेवाहरू सञ्चालनमा रहेका छन् । स्वास्थ्य बीमा सुरु गरेपछिको लगभग ६७ करोड रुपैयाँ प्राप्त गर्नुपर्ने दाबी अस्पताल प्रशासनले गरेको छ । तर बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पुससम्मको भुक्तानी भइसकेको र त्यसपछिको २४ करोड हाराहारीमा भुक्तानी हुन बाँकी रहेको बताए ।

‘बिरामीलाई जाँचेको कागजातसहित भुक्तानीको लागि सफ्टवेयरमा आउनुपर्छ । बीमा सुरु भएदेखि नै कागजात नमिलेको दाबीलाई जोड्नुभएको होला’, डा. बसौलाले भने, ‘तर भुक्तानीका लागि सफ्टवेयरमा नआएको दाबीको भुक्तानी त बोर्डले दिन सक्दैन नि ।’

सबैसेवा प्रदायक संस्थाको पुससम्मको भुक्तानी सबै भइसकेको त्यसयताको बाँकी रहेको बोर्डले जनाएको छ ।

बसौलाका अनुसार सरकारबाट प्राप्त हुनुपर्ने तीन वर्षको लक्षित वर्गको प्रिमियम ८ अर्ब ७५ करोड रुपैयाँ र यस वर्षको अनुदान ७ अर्ब प्राप्त हुनासाथ असारसम्मको सबै भुक्तानी गर्ने गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।
— दिक्तेलमा आगामी बैशाख ४, ५ र ६ गते जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पुस २४ गते पत्रकार सम्मेलन गरी उक्त सम्मेलन आयोजना गर्ने जानकारी गराएका हुन् । भट्टराईका अनुसार वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्युनीकरण गर्दै पर्यापर्यटन प्रबर्द्धनमा योगदान ...
सरकारले नेपाल नागरिकता नियमावली २०६३ मा चौथो संशोधन पारित गरी राजपत्रमा प्रकाशित गरेसँगै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गर्ने बाटो खुलेको छ
— प्रयोगशाला परीक्षणमा गुणस्तर नपुगेको भेटिएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले तेस्रो पुस्ताको एन्टिबायोटिक लेभोफ्लक्स–५०० ट्याब्लेटलाई बजारबाट फिर्ता मगाउन निर्देशन दिएको छ । बारामा रहेको म्याग्नस फार्मा प्रा. लि. ले उत्पादन गरेको बीबी२४००१ ब्याच को औषधि आईपी२०२२ मापदण्डअनुसार घुलनशीलता परीक्षणमा असफल भएको विभागले जनाएको छ । शुक्रबार फिर्ता गर्न निर्देशन दिइएको लेभोफ्लक्सको नमूना सन् २०२५, फेब्रुअरीमा औषधि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम