मुख्य समाचार
पेन्या बार्सा दी एभरेस्टलाई नेपालमा बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता
पेन्या बार्सा दी एभरेस्टलाई नेपालमा बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता

। बार्सिलोना फ्यान क्लब नेपाल(बार्सा नेपाल ) का रूपमा परिचित पेन्या बार्सा दी एभरेस्टले हालै एफसी बार्सिलोना आधिकारिक पेन्या(समर्थक क्लब) को मान्यता पाएको छ ।

सन् २०१३ मा स्थापना भएको यस एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रमहरू, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेको थियो ।

स्पानिस क्लब बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्तया पाएपछि पेन्यास बार्साले एक कार्यक्रम आयोजना गरेको थियो । जसमा पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामा र क्लबका अध्यक्ष प्रकाश घर्तीले आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो सार्वजनिक गरे ।

कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो जसमा नेपाली एफसी बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश प्रस्तुत गरियो, जसले नव मान्यता प्राप्त समर्थक क्लबप्रति आफ्नो आभार व्यक्त गरे ।



१०० भन्दा बढी नेपाली बार्सिलोना समर्थकहरू कार्यक्रममा उपस्थित थिए । हरि खड्का, गौरव बस्नेत, र राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीले पनि उपस्थिति जनाएका थिए ।

कार्यक्रममा इ-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईसान) का वरिष्ठ उपाध्यक्ष हिम बिक्रम केसी, ईसानका सचिव आशिष दाहाल, इसानका बोर्ड सदस्य घनश्याम ढुंगेल र नेपाली राष्ट्रिय फुटसलका सहायक प्रशिक्षक थमन भुसाल आदिको उपस्थिति थियो ।

उपस्थित सदस्यहरूलाई बार्सिलोनाबाट आएको मायाको चिनो सहित पेन्या बार्सा दी एभरेस्टका क्यापहरू प्रदान गरियो, जसलाई यो कार्यक्रमको स्मरणका रूपमा विशेष एफसी बार्सिलोना मर्चेन्डाइजको रूपमा तयार गरिएको थियो।

पेन्या बार्सा दी एभरेस्टलाई एफसी बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनुले नेपालका फुटबल समर्थकहरूका लागि एक महत्वपूर्ण उपलब्धि रहेको पेन्या बार्सा दी एभरेष्टले विज्ञप्तीमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित