मुख्य समाचार
सन्दीप जोरा, सागर र आकाश टोलीबाट बाहिर
सन्दीप जोरा, सागर र आकाश टोलीबाट बाहिर

। मध्यक्रमका ब्याटर सन्दीप जोरासँगै तीन खेलाडी क्यानडा भ्रमण गर्ने नेपालको अन्तिम टोलीबाट बाहिर भएका छन् ।

क्यानले क्यानडा भ्रमणमा आईसीसी लिग २ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने १६ सदस्य खेलाडी घोषणा गर्दा सन्दीप जोरा, आकाश चन्द र सागर ढकाल टोलीबाट बाहिर भएका हुन् ।




आकाश र रिजनमध्ये टोलीमा एक तीव्र गतिका बलरले स्थान बनाउने पक्का थियो । दायाँ हाते तीव्र गतिका बलरमा पहिलो रोजाईका सोमपाल कामी, करण केसी र पार्टटाइम गुल्शन झा छन् ।

आवश्यक परेमा आरिफ शेख पनि विकल्प हुनेछन् । त्यसैको कारण बायाँ हाते बलर रिजनले मौका पाएका हुन् । रिजनले गत फेब्रुअरीमा घरेलु मैदान टीयुमा क्यानडाविरुद्ध दुई ओडीआई खेल खेलेका थिए । पछिल्लो डेढवर्ष देखि टोलीमा रहेका बायाँ हाते बलर प्रतिश टोलीमै नभएपछि रिजनले मौका पाएका हुन् ।



त्यस्तै मध्यक्रमका ब्याटर सन्दीप जोरा पनि बाहिरिएका छन् । ओडीआईका दुई प्रमुख ब्याटर भीम सार्की र आरिफ शेखले निरन्तरता पाएपछि सन्दीप बाहिरिएका हुन् ।

स्पिनर सागर ढकाल पनि टोलीमा पर्न सकेनन् । बायाँ हाते दुई स्पिनर सागर र ललित मध्य एक स्पिनरले टोलीमा स्थान बनाउने थिए । पछिल्लो लय अनुसार सागर र अनुभवका आधारमा ललितले स्थान बनाउने सम्भावना थियो ।

पछिल्लो दुई वर्षदेखि टोलीमा रहेका ललितलाई नै नेपालले निरन्तरता दिएको हो । ललितले प्रमुख स्पिनर सन्दीपलाई साथ दिनेछन् ।

पार्टटाइम स्पिनमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल पनि हुनेछन् । आवश्यक परेमा कुशल भुर्तेल र रोहित पौडेलले पनि स्पिन बलिङ गर्न सक्छन् । दीपेन्द्र र रोहित क्यानडामा टोलीसँगै जोडिनेछन् । ग्लोबल टी २० क्यानडा खेल्न डेढ महिना अघि नै त्यहाँ गएका थिए । त्यसपछि क्यानडामै बसेर दीपेन्द्र र रोहितले अभ्यास गरेका थिए ।

नेपालले क्यानडा भ्रमणलाई सुरुवातमा २२ सदस्य टोली घोषणा गरेको थियो । भारतको बेंगलोरमा नेशनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेपछि स्पिनर बसिर अहमद, सूर्य तामाङ र तीव्र गतिका बलर कमलसिंह ऐरी श्रीलंका भ्रमणमा पर्न सकेका थिएनन् ।

नेपाल श्रीलंकामा एक हप्ता बसेर सोमबार नै स्वदेश फर्किएको हो । श्रीलंका डेभलप्मेन्टसँग तीन अभ्यास खेल खेल्न नेपाल त्यहाँ गएको थियो । तर वर्षाको कारण सुरुवाती दुई खेल हुन नसक्दा तेस्रो खेलमा नेपाल पराजित भएको थियो ।

क्यानडा, नेपाल र ओमानबीच लिग २ र त्रिकोणात्मक सिरिज हुनेछ । त्यसपछि नेपाल अमेरिका भ्रमणमा जानेछ । नेपाल क्यानडातर्फ मंगलबार प्रस्थान गर्ने तालिका छ । नेपालको १६ सदस्य टोलीमा देव खनाल ट्राभलिङ रिजर्भमा छन् ।

क्यानडा भ्रमणमा नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित