भियतनाममा सोमबार यागी आँधीका कारण अहिलेसम्म ५९ जनाको मृत्यु भएको छ। आँधीले रेड नदीमाथिको पुल भत्किएको छ। पुल भत्किएसँगै दश कार र दुई स्कुटर बगेका बीबीसी समाचारमा उल्लेख छ ।
उक्त घटनामा १३ जना बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेको छ भने तीन जनाको उद्धार गरिएको जनाइएको छ ।
भियतनामका तटीय सहरबाट करिब ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । देशका १० लाखभन्दा बढी जनता विद्युत सेवाबाट वञ्चित भएका छन्। उत्तर भियतनामका धेरै सहरहरूमा विद्यालयहरू बन्द गरिएका छन्।
यागी आँधीका कारण दक्षिण चीन र फिलिपिन्समा २० जनाभन्दा बढीको मृत्यु भएको छ।