मुख्य समाचार
मधेश प्रदेशकै पहिलो क्यान्सर उपचार सेवा वीरगन्जको नारायणी अस्पतालमा सुरु
मधेश प्रदेशकै पहिलो क्यान्सर उपचार सेवा वीरगन्जको नारायणी अस्पतालमा सुरु

: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो।




मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हक र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्वल चालिसेले नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर आदान प्रदान गरे।

उक्त सम्झौतापत्रमा क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति लगायतका प्राविधिक सहयोग भक्तपुर क्यान्सर अस्पतालले व्यवस्थापन गर्ने तथा आवश्यक भौतिक पूर्वाधार, उपकरण लगायतको व्यवस्थापन नारायणी अस्पतालले गर्ने उल्लेख छ।


नारायणी अस्पतालका निमित्त मेसु डाक्टर हकले मंगलबार मन्त्री पौडेलले औपचारिक रूपमा अंकोलोजी वार्डको समुद्घाटन गरेसँगै क्यान्सर उपचार सेवा सञ्चालनमा आएको बताए। क्यान्सर उपचार सेवाका लागि हाल ६ शय्याको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको उनले बताए। उनले मधेश प्रदेशमै क्यान्सरको पहिलो उपचार सेवा नारायणी अस्पतालमा सुरु गरिएकोपनि बताए। यससँगै वीरगन्जसहित मधेश प्रदेशका क्यान्सर रोगीलाई अब काठमाडौं, चितवन वा भारतमा जानुपर्ने बाध्यता हटेको डा. चालिसेले बताए।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार सेवा उपलब्ध छ। नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिीनिंग,डाइग्नोसीस्, केमोथेरापी,पालिटिएभ केयर, रेफरेल, काउन्सिलिङ लगायतका सेवा सुरु गरिएको डा. चालिसेले जानकारी गराए। नारायणी अस्पतालमा सुरु क्यान्सर उपचार सेवाका लागि भक्तपुर क्यान्सर अस्पताल हालका लागि मेडिकल अंकोलोजिष्ट सहित दुई जना चिकित्सक खटाएको जानकारी दिँदै उनले भने, ‘नारायणी अस्पतालकै दुई जना नर्सलाई विशेषज्ञ तालिम दिएर पठाएका छौं।’

यसका अतिरिक्त प्रत्येक महिना एक पटक भक्तपुर अस्पतालबाट नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकहरू आएर क्यान्सर रोगको उपचारको विशेषज्ञ सेवा दिनेपनि उनले बताए। नारायणी अस्पतालसँगै कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीमा क्यान्सर उपचार सेवा सञ्चालनमा ल्याइसकिएको उनले जानकारी गराए।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले ७ वटै प्रदेशमा एक/एक वटा अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सञ्चालन गर्ने सरकारको निर्णय अनुसार मधेश प्रदेशमा नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गरिएको बताए। यसलाई निरन्तरता दिदै नारायणी अस्पतालमै अंग प्रत्यारोपण सेवा र मुटुको शल्यक्रिया सेवापनि छिट्टै सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको जानकारीपनि उनले गराए। त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालिसकेको उनले बताए।

अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको अध्यक्षता तथा मन्त्री पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा मापन शाखाका प्रमुख डा. मदनकुमार उपाध्याय, वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस नेता शम्भु चौहान, मणिन्द्रलाल नेपाली, मनोज यादव, नवीन सिंह लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मैवाखोला, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाबाहेक ताप्लेजुङका सबै स्थानीय तहमा लम्पी स्किनको संक्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख रोशन दाहालका अनुसार ६ वटा स्थानीय तहका ३४ पशु चौपायामा संक्रमण देखिएको हो । प्रदेश प्रयोगशालामा पठाइएको नमुना परीक्षणअनुसार मेरिङदेनमा १०, आठराईत्रिवेणीमा ८, सिरिजंगामा ५, सिदिङवामा २, फक्ताङलुङमा २ वटामा पशुमा ...
। प्रादेशिक अस्पताल जनकपुरमा बिरामीलाई नि:शुल्क उपलब्ध गराउने औषधि महिनौदेखि अभाव छ । पहिले ७० प्रकारका औषधि नि:शुल्क उपलब्ध हुने प्रादेशिक अस्पतालको नि:शुल्क औषधि शाखामा अहिले २० प्रकारको औषधि छैन । औषधि नपाउँदा दैनिक आउने कम्तिमा ५० जना बिरामीमध्ये धेरै रित्तै फर्किने गरेको शाखामा कार्यरत कर्मचारीहरु बताउँछन् । ‘औषधि अभावको बारेमा पटक–पटक उपलल्लो निकायमा जानकारी गराएका ...
खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र : खोल्सीको पानीले गुजारा गरौंला, एडीबीको ऋण चाहिएन
यसवर्ष डेंगु संक्रमणका कारण देशभरि ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान
'कुलिङ अफ पिरियड' राखे राजीनामा दिन्छु भनेर देउसी भैलो खेलेको देखियो : अनिता देवी