मुख्य समाचार
सन्स लिग अन्तर्गत लिगएको समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी
सन्स लिग अन्तर्गत लिगएको समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी

। यूईएफए नेसन्स लिग अन्तर्गत लिगएको समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी खेलेका छन् ।

घरेलु मैदान योहान क्रोफ एरेनामा भएको खेलमा तिजानी रेइन्डर्सले खेलको दोस्रो मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै जर्मनीले गोल फर्कायो ।


३८औं मिनेटमा जर्मनीका लागि डेनिज उन्डाभले बराबरी गोल फर्काएका हुन् । उन्डाभकै पासमा पहिलो हाफको इन्जुरी टाइममा कप्तान जोसुअ किम्मिचले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । तर, जर्मनीले पनि अग्रता जोगाउन सकेन ।

५०औं मिनेटमा नेदरल्याण्ड्सका डेन्जल डम्फ्रिसले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए ।



त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा अंक बाँडेको हो ।

बराबरीपछि समूह तीनमा दुवै टोलीको समान ४ अंक भएको छ । गोलअन्तरमा अघि रहँदै जर्मनी शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा हंगेरी र बोस्निया एण्ड हर्जगोभिनाले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित