मुख्य समाचार
इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले पराजित
इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले पराजित

। ह्यारी केनले इंग्ल्याण्डका लागि आफ्नो एक सयौं खेलमा दुई गोल गरेका छन् ।

केनकै दुई गोलमा इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले पराजित गरेको छ ।


घरेलु मैदान वेम्वलीमा भएको खेलमा केनले दुवै गोल दोस्रो हाफमा गरेका थिए ।

पहिलो हाफमा फिनल्याण्डले इंग्लिस टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा केन चम्किए ।



५७औं मिनेटमा केनले ट्रेन्ट अलेजान्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । त्यसपछि ७६औं मिनेटमा मादुएकेको पासमा केनले व्यक्तिगत दोस्रो गोल गरे ।

राष्ट्रिय टिमका लागि एकसयौं खेलमा दुई गोल गर्ने केन पहिलो खेलाडी समेत बनेका छन् ।

उनले आफ्नो ६७औं र ६८औं अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

केन इंग्ल्याण्डका लागि एक सयौं खेलमा गोल गर्ने भने तेस्रो खेलाडी बने । यसअघि वायन रुनीले २०१४ मा स्लोभेनिया र बबी चार्लटनले १९७० मा उत्तरी आयरल्याण्डविरुद्ध एक सयौं खेलमा गोल गरेका थिए ।

केनले फिनल्याण्डविरुद्ध दुई गोल गरेपछि आफूले मिलवाल, नर्विच र लेस्टरमा लोनमा हुँदा सय खेल खेल्नेबारे नसोचेको बताए ।

नेसन्स लिगमा दोस्रो जित हात पारेको इंग्लयाण्ड लिग बी को समूह २ मा ६ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल नै जितेको ग्रीस गोल अन्तरका आधारमा अघि रहँदै शीर्ष स्थानमा छ ।

पहिलो खेलमा फिनल्याण्डलाई हराएको ग्रीसले आयरल्याण्डलाई हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित