मुख्य समाचार
नेपथ्यको अमेरिका श्रृंखला सम्पन्न, ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाइ
नेपथ्यको अमेरिका श्रृंखला सम्पन्न, ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाइ

। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’

उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार पनि थियो ।




प्रतिउत्तरमा पेन्सिलभानिया राज्यको राजधानी ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा भरिएका दर्शकले लामो ताली बजाए ।

ह्यारिसबर्गमा आयोजना भएका नेपाली कार्यक्रममा आजसम्मै आफूले यति ठूलो जमघट कहिल्यै नदेखेको बताउने स्थानीय आयोजक नीरज आले मगर नेपथ्यको यो कन्सर्ट हरेक दृष्टिले यस क्षेत्रका नेपालीका लागि ऐतिहासिक बन्न पुगेको दाबी गर्छन् ।





‘केटाकेटीदेखि लिएर हजुरबा उमेरसम्मका मानिस आफ्नै धुनमा रमाएका देखिन्थे’ नीरजले थपे, ‘यति धेरै संख्यामा दर्शक आकर्षित गर्न सफल नेपथ्यको कन्सर्टभरि सिंगो हल उचालिएको दृश्य अद्भूत र अविस्मरणीय रह्यो ।’

पहिलो पटक यो सहरमा उपस्थित भएको नेपथ्यले झण्डै सय वर्षको इतिहास बोकेको ‘दी फोरम हल’मा आफूलाई उभ्याएको थियो । यो हल नियमित रूपमा प्रस्तुत भइरहने ‘ह्यारिसबर्ग सिम्फोनी अर्केस्ट्रा’को आयोजनास्थलका रूपमा पनि चिनिन्छ ।

ह्यारिसबर्गको कन्सर्टमा ‘आँगनैभरि’देखि भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’सम्म सबै गीतमा दर्शकले नाचेर, गाएर साथ दिएका थिए । ‘नेपाली जहाँ गए पनि भाषाले हामीलाई आपसमा बाँधेको छ’ अमृतले अनुरोध गरे, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौं है ।’



पुनर्बास गराइएका भुटानी शरणार्थी उल्लेख्य संख्यामा रहेको यो राज्यमा नेपालीभाषी समुदायको एकताबद्ध जीवन्त उपस्थिति देख्न पाउँदा खुसी लागेको अमृतले बताए ।

शनिबारको कन्सर्टमा यस सहरभन्दा परैदेखि आएका दर्शक पनि उत्तिकै भेटिन्थे । तिनैमध्ये एक थिइन् आफ्ना पतिका साथ भर्जिनियादेखि आएकी समा अर्याल ।

‘डीसी वरपर हुने प्रायः नेपाली कार्यक्रममा हामी जाने गर्छौं । नेपथ्यको यसपालिको भव्य कन्सर्टले आजसम्मै हेरेका अन्य नेपाली कार्यक्रमलाई बिर्साइदिएको छ । त्यसैले मेरिल्यान्डको कार्यक्रमले धीत नमरेर यहाँसम्म तानियौं ।’

‘नेपथ्यको अनुभवलाई विश्वस्तरकै ब्यान्डसँग तुलना गर्न सकिने रहेछ’ कन्सर्ट सकिएपछि समाको प्रतिक्रिया थियो, ‘ब्यान्डदेखि लिएर प्राविधिक र व्यवस्थापनसम्म सबै अन्तर्राष्ट्रियस्तरको लाग्यो ।’



नेपथ्यले ‘रातो र चन्द्रसुर्जे’ गीत मार्फत गौरवगाथा गाइरहँदा आफूजस्ता दर्शकले पनि नेपाली हुनुको गर्व महसुस गर्ने गरेको उनले बताइन् । राष्ट्रिय गौरवदेखि सामाजिक चेतका सन्देशसहित नेपथ्यका सार्वकालिक हिट लोकरक गीत कन्सर्टमा गुञ्जिएका थिए ।

कार्यक्रमभरि पटक–पटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहोर्‍याए । पैदलै गाउँबस्ती पुगेर गीत संकलन गर्दाको अनुभव पनि उनले सुनाए । पदयात्राको क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्वीरले पनि उनका भनाइलाई सघाइरहेको देखिन्थ्यो ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यस वर्ष कोलोराडोको डेनभरबाट सुरु भएको अमेरिका यात्रा त्यसपछि क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत भएपछि अब ब्यान्ड स्वदेश फर्कने तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...
। अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, ...