मुख्य समाचार
साउदीमा कार्यरत नेपाली कामदारलाई १६ करोड रुपैयाँ जरिवाना
साउदीमा कार्यरत नेपाली कामदारलाई १६ करोड रुपैयाँ जरिवाना

: वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या दैनिक रूपमा बढ्दो क्रममा रहेको छ। विशेष गरी खाडी मुलुक जाने नेपालीको संख्या उल्लेखनीय रहेको छ। खाडी मुलुकमध्ये रोजगारको लागि साउदी अरेबियालाई दोस्रो मुलुकको रूपमा हेरिन्छ र हाल रोजगारको लागि साउदी आउने नेपाली कामदारको संख्या र माग धेरै रहेको देखिन्छ।


नेपाली कामदारलाई नेपालमा गरिने सम्झौता र साउदीमा पुगेपछि गरिने सम्झौता अलग रहेको पाइएको छ। रोजगारको लागि जाने फ्रि भिसा फ्रि टिकट भने तापनि कामदारसँग सम्बन्धित मेनपावरले ५० हजार देखि २ लाखसम्म लिन्छन्। साउदीमा हाल सम्झौताअनुसार तलब, सेवा सुविधा नदिनाले नेपाली कामदार कार्यरत सम्बन्धित कम्पनीबाट भाग्ने संख्या दैनिक रूपमा बढ्दो रहेको पाइन्छ जसले गर्दा उनीहरू स्वतः अवैधानिक कामदार बन्छन्। साथै सम्बन्धित कम्पनीले विभिन्न बहानामा विभिन्न किसिमका केस हाली लाखौँ रियल जरिवाना तिर्न बाध्यसमेत बनाएका छन्।


वैधानिक रूपमा कार्यरत नेपालीले आफ्नो अकामा आइडिबाट साउदीमा रहेका विभिन्न मोबाइल सिम प्रयोग गर्दा सम्बन्धित व्यक्तिलाई डिजिट कोड आउने र आएको कोड अरूलाई दिँदा अन्य थप सिमकार्ड निकालेर गलत रुपमा प्रयोग गर्दा लाखौं रियलको जरिवाना भर्नुपर्ने बाध्यतासमेत रहेको छ।

नेपाली दुतावास रियादका श्रम कन्सुलरका अनुसार वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया आएर हालसम्म सम्पर्कमा रहेका १ सय ७७ जना नेपालीले ४६ लाख ९० हजार साउदी रियल (१६करोड ४१ लाख ५० हजार नेपाली रूपैयाँ) जरिवाना स्वरूप तिर्नुपर्ने र सम्पर्कमा नआएका धेरै हुन सक्ने अनुमान रहेको बताए।

साउदीमा रोजगारको क्रममा विभिन्न लोभ लालचमा परी सम्बन्धित कम्पनीमा काम छाडेर भाग्नेको संख्या ९० प्रतिशत रहेको र गाडी चालक, मदिरा उत्पादन, लोकल मोबाइल सिम गलत प्रयोग गरेर जरिवाना तिर्नुपर्नेको संख्या १० प्रतिशत रहेको जनाएको छ। नेपालमा गरिएको सम्झौता अनुसारको काम नपाउने र धेरै कमाउने लोभमा परी कार्यरत कम्पनी छाडेर भाग्दा सम्बन्धित कम्पनीले विभिन्न वहानामा नेपाली कामदारमाथि जरिवाना लगाउँदै आएको छ।
कम्पनी अनुसार प्रत्येक व्यक्तिलाई २ हजारदेखि ३ लाखसम्म जरिवाना लगाएको छ। कतिपय जरिवानाको केस सम्बन्धमा समयमा अदालतको फैसलामा उपस्थित नभएर म्याद सकिएलगतै फैसला अनुसार जरिवाना बढ्दै जाने छ भने साउदीमा अर्को ठूलो समस्या भनेको एक व्यक्तिको नामको अकामा आईडीमा अरु कसैले १० ओटासम्म मोबाइल सिमकार्ड निकालेर दुरूपयोग गरेर आइडीबाट निकालेको व्यक्तिले अनावश्यक रुपमा ५ हजारदेखि २ लाख साउदी रियलसम्म जरिवाना तिर्नुपर्ने अवस्था रहेकोले दुतावासले साउदीमा कार्यरत नेपालीलाई आफूले चिनेको र सम्बन्धित कम्पनीमा कामबाहेक अरु कसैलाई आफ्नो अकामा आईडी वा कपी नदिन आग्रहसमेत गरेको छ।

नेपाली दुतावास रियादले साउदी सरकारसँगको समन्वयमा साउन महिनाभित्रमा २ सय ६१ जना नेपाली कामदारको बहिर्गमन भिसा उपलब्ध गराएको छ। जसमा ८४ जना एक्जिट लागेका र १ सय ७७ जना अकामा नवीकरण नगरिएका रहेका छन्।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनीमा कार्यरत रहँदा अनुमतिपत्र ‘अकामा’ नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र सरल रूपमा प्रदान गर्नका लागि साउदी सरकारलाई लामो समयदेखि आह्वान गरेको थियो।

दूतावासले बहिर्गमन भिसा प्राप्तिको लागि साउदीमा कार्यरत नेपालीको अकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको हुनुपर्ने, साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि अकामा नबनाइदिएका वा हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिने, अकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ राजदूतावासबाट गर्न नमिल्ने साथै कुनै केस वा जरिवाना छ भने उक्त व्यक्तिको एक्जिट भिसा नलाग्ने जनाएको छ।

बहिर्गमन भिसा प्राप्त गर्नको लागि प्रोसेसिङ निःशुल्क हुनेछ भन्ने दुतावासले नेपाली कामदारहरूको समस्यालाई न्यूनीकरण गर्न विभिन्न माध्यमबाट सहजीकरण गरेता पनि दूतावास कर्मचारीको संख्या कमी, स्रोत साधनको कमीले गर्दा समयमा पीडित नेपाली कामदारलाई उद्धार गर्न असहज महसुस भएको देखिन्छ। यसका लागि दुतावासले साउदीमा रहेका विभिन्न भातृसंगठन, एनआरएन, जिल्ला, जातीय तथा व्यक्तिको सहयोगमा अलपत्र परेका नेपाली कामदारलाई सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...