मुख्य समाचार
ममता काफ्लेको अनुसन्धानमा सहयोगी हुने सूचना पाइरहेका छौं : मनसास पार्क प्रहरी
ममता काफ्लेको अनुसन्धानमा सहयोगी हुने सूचना पाइरहेका छौं : मनसास पार्क प्रहरी

। अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट बेपत्ता नेपाली महिला ममता काफ्लेको अनुसन्धानमा सहयोगी बन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

मनसास पार्क प्रहरीले मंगलबार सूचना जारी गर्दै काफ्लेबारे महत्वपूर्ण सूचना र लिडहरु फेला परिरहेको उल्लेख गरेको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा ‘केहीअघि एक जना व्यक्ति यस्तो जानकारी लिएर आए, जुन यो अनुसन्धानमा एकदमै सहयोगी थियो’ भनिएको छ । प्रहरीले थुनामा रहेका काफ्लेका श्रीमान् नरेश भट्टसँग २८ जुलाइदेखि ५ अगस्टसम्म सम्पर्क गर्नेहरुसँग पनि प्रहरीले सहयोग मागेको छ ।

‘यदि नरेश भट्टसँग सम्पर्क भएको थियो भने मनसास पार्क प्रहरीलाई सम्पर्क गरिदिनु होला’, विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्ता व्यक्तिहरु खोजिरहेका छौं, जोसँग अहिलेसम्म डिटेक्टिभहरुले सम्पर्क गरेका छैनन्, अन्तर्वार्ता गरेका छैनन् ।’



प्रहरीले यो बीचमा पाएको सूचनाका आधारमा ठाउँ–ठाउँमा सर्च अपरेशन चलाइरहेको छ । मनसास पार्क प्रहरीले यसअघि जारी गरेको विज्ञप्तिमा ‘सर्च एण्ड रेस्क्यू टिम’ले ब्लुम्स क्रसिङ कम्युनिटी, मनसास क्रिस्चियन स्कुल, क्याम्प करोन्डेलेट, ब्लुम्स पार्क लगायतका क्षेत्रमा खोजी गरिरहेको बताएको थियो ।

अनुसन्धानसँग सम्बन्धित प्रमाण फेला पर्न सक्ने शंकामा ती क्षेत्रमा खोजी जारी राखिएको प्रहरीले भनाइ थियो । अनुसन्धानमा संलग्नहरुले ती क्षेत्रलाई काफ्लेको खोजीमा चासोको स्थान भएको निष्कर्षसहित टोली परिचालन गरेका हुन् ।

तर, प्रहरीले त्यहाँबाट संकलन गरेका विषयहरु अनुसन्धानका लागि सहयोगी भए वा भएनन् भन्नेबारे केही बताएको छैन । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जीवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।

तर, हालसम्म त्यसलाई पुष्टि गर्ने आधारमा नहुँदा मानव शरीर लुकाएको कसुरमा मात्र भट्टविरुद्ध मुद्दा छ । उनी पक्षका वकिलहरुले यसमा भट्ट निर्दोष भएको दाबी गर्दै अदालतमा यथाशीघ्र सुनुवाइ गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् । नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर ...
: अमेरिकाले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावास स्रोत अनुसार अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत अमेरिकाले नेपाल फर्काएको हो। दूतावास स्रोतले अन्नपूर्णलाई दिएको जानकारी अनुसार डिपोर्ट गरिएका नेपालीहरू चार्टर विमानमार्फत आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दैछन्। दूतावासले केही दिन ...
— अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ देखि दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट ५ सय ८५ नेपाली निष्कासित भएका छन् । राष्ट्रपति ट्रम्पले कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेसँगै त्यसको प्रभाव नेपालीमा पनि परेको हो । वर्षौंदेखि कागजातविना बसोबास गर्दै आइरहेका १ हजार ३ सय ६५ जना नेपालीलाई एक वर्षभित्र ...
। नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक शुुक्रबार पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रका विदेश मन्त्रालयका विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आना इसाबेल जेभियरले बैठकको नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट बैठकमा पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालय राजदूतावासका ...
। नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी गर्नेहरुको संख्या दुई हजार भन्दा बढी भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा सम्वन्धित व्यक्तिहरु नै आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्रमा छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी दिइरहेका छन् । यसरी उजुरी दिनेहरुले नेपाल प्रहरीबाट जारी भएको आफ्नो ...