मुख्य समाचार
टिकटकले नेपालका लागि विशेष कर्मचारी तथा प्रतिनिधिहरु राख्न सुरु
टिकटकले नेपालका लागि विशेष कर्मचारी तथा प्रतिनिधिहरु राख्न सुरु

। ९ महिना लामो प्रतिबन्ध फुकुवा भएलगत्तै टिकटकले नेपालका लागि विशेष कर्मचारी तथा प्रतिनिधिहरु राख्न सुरु गरेको छ । हालै टिकटकले पब्लिक पोलिसी म्यानेजर (ग्लोबल पब्लिक पोलिसी) पदमा आवेदन मागेको छ ।

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो । २१ भदौमा टिकटकले सबै सर्ब शर्त मान्न तयार रहेको बताउँदै पत्र दिएपछि टिकटकको प्रतिबन्ध हटेको थियो ।


सरकारले राखेको नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने लगायतका शर्त मान्नसहमति जनाएलगत्तै टिकटकले नेपालका लागि कर्मचारीहरु राख्ने प्रक्रिया सुरु गरेको हो ।

टिककटको यूएईस्थित कार्यालयले गरेको विज्ञापनमा कति जना कर्मचारी मागिएको भन्ने खुलेको छैन । सेवा सुविधाबारे पनि उल्लेख छैन । पब्लिक पोलिसी म्यानेजरले नेपाल सरकारसँगको सम्बन्ध सुमधुर राख्ने र सरकारको नीतिको आधारमा तोकिएका जिम्मेवारी पूरा गर्नुपर्नेछ ।



टिकटकमा रहेका जोखिम तथा संकट व्यवस्थापन गर्ने र सरकारसँग सहकार्य र साझेदारी गर्दै कम्पनीको र प्रयोगकर्ताको हित प्रवद्र्धन गर्ने काम यस्ता कर्मचारीले गर्नेछन् । टिकटकलाई विश्वासिलो बनाउँदै नेपालमा यसको राजनीतिक, कानुनी, नियामकीय चुनौती सामना गर्ने जिम्मेवारी पब्लिक पोलिसी म्यानेजरको हुनेछ ।

सर्जक र प्रयोगकर्ताहरुको लागि रणनीतिहरु पहिचान गर्ने, अनुगमन गर्ने, विश्लेषण गर्ने क्षमता भएका व्यक्तिको खोजी टिकटकले गरेको छ ।

सार्वजनिक नीति वा सरकारी सम्बन्ध र वकालत कार्यमा प्रत्यक्ष अनुभव भएका व्यक्तिलाई टिकटकले मौका दिनेछ । नियुक्त हुनेहरुलाई सरकार, नीति निर्माता र मुख्य विचारकहरुसँग सम्बन्ध बनाउने जिम्मेवारी दिइनेछ ।

जनसम्पर्क, कानुन, उत्पादन, इन्जिनियरिङ लगायतका आन्तरिक समूहहरुबीच सहकार्य गर्ने र प्राज्ञिक तथा गैरसरकारी संस्थासहित व्यावसायिक संघ संस्थासँग राम्रो सम्बन्ध कायम राख्न समेत भूमिका खेल्नुपर्ने छ ।

सार्वजनिक नीति, सरकारी सम्बन्ध र पैरवीमा ज्ञान भएका, न्यायिक प्रक्रिया र प्रविधि नीतिका जानकार तथा अंग्रेजी र नेपाली दुवै राम्रो लेख्न, पढ्न र बोल्न सक्ने भएकालाई यो अवसर छ ।

यो पदमा आवेदन दिन राजनीति शास्त्र, आन्तरिक मामिला, सरकार, सार्वजनिक मामिला लगायतका क्षेत्र वा सो सरहका विषयको एड्भान्स डिग्री वा सो सरहको अनुभव भएको व्यक्ति हुनुपर्नेछ ।

अन्तर्राष्ट्रिय प्रविधिसम्बन्धी काम गरिरहेका कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरेर अनुभव हासिल गरेकलाई प्राथमिकता दिने टिकटकको विज्ञापनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिकटकले ‘इलेक्सन सेन्टर’ सुरु भएको जनाएको छ । एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको प्लाटफर्मले जनाएको छ । सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासको निरन्तरतास्वरूप यो पहल सुरु ...
। रुसको इन्टरनेट नियामक निकाय ‘रोस्कोमनाद्जोर’ ले टेलिग्राम म्यासेन्जर प्लेटफर्मको गति जानाजान सुस्त बनाएको छ। रुसी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मस्कोले आफ्ना नागरिकहरूलाई राज्यको कडा निगरानीमा रहने घरेलु अनलाइन सेवा ‘म्याक्स’प्रयोग गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ। रोस्कोमनाद्जोरले, टेलिग्रामले प्रयोगकर्ताको डाटा रूसभित्रै भण्डारण गर्नुपर्ने र आपराधिक तथा आतङ्कवादी उद्देश्यका लागि हुने प्रयोगलाई रोक्नुपर्ने कानुनको पालना नगरेको ...
— युरोपियन यूनियन (इयू)ले समाजिक सञ्जाल टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरूअन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन निर्देशन दिएको छ । दुई वर्षअघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा इयूले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ। लत लाग्ने खालका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन् । बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औं वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन् । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय ...
— सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट केही सातायता निरन्तर दबाबमा छ । गत बिहीबार कम्पनीले एकै दिन करिब ४ खर्ब अमेरिकी डलर गुमाएको थियो । मानव बेचबिखन तथा बाल यौन अपराधी ठहर भएका जेफ्री एप्स्टिनसँग जोडिएका फाइलमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम रहेको खबरपछि कम्पनीको छविमा थप नकारात्मक प्रभाव परेको छ । पछिल्लो ...