मुख्य समाचार
आइफोन १६ सँगै आउने आइओएस १८.१ मा हुनेछन् यी गज्जबका फिचर
आइफोन १६ सँगै आउने आइओएस १८.१ मा हुनेछन् यी गज्जबका फिचर

आइफोन १६ सिरिज लञ्च गर्नका लागि सोमबार आयोजित एप्पलको विशेष समारोह It’s Glow time मा एप्पल इन्टेलिजेन्स सर्वाधिक चर्चामा रह्यो । एप्पल इन्टेलिजेन्स एप्पलका उपकरणहरुमा कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स सुविधाको बहुप्रतिक्षित एकीकरण हो ।

कम्पनीले गत जुनमा आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्सका बेला एप्पल इन्टेलिजेन्सको घोषणा गरेको थियो। एप्पलले आफ्नै एआईको रुपमा विकशित एप्पल इन्टेलिजेन्सलाई पहिलोपटक आइफोन १६ सिरिजमा उपलब्ध गराउँदैछ । साथै आइफोन १५ प्रो मोडेलमा पनि यो उपलब्ध हुने बताइएको छ । विभिन्न गज्जबका सुविधाहरुले युक्त एप्पल इन्टेलिजेन्स एप्पलको आइओएस १८.१ अपडेटसँगै उपलब्ध हुनेछ।




कम्पनीका अनुसार यो फिचर iPadOS 18.1 तथा macOS Sequoia 15.1 मा पनि उपलब्ध हुनेछ।

एप्पल इन्टेलिजेन्सको एआई सुविधा आइफोन १६ सिरिजका सबै मोडेलसँगै आइफोन १५ का प्रो मोडेलहरुमा उपलब्ध हुने एप्पलले पुष्टि गरेको छ। साथै M1 र त्यसपछिको चिप्स भएका आइप्याड र म्याकहरु जसमा डिभाइस र सिरीको भाषा अंग्रेजी सेट भएको हुन्छ ती सबैमा पनि यो सुविधा प्राप्त हुनेछ ।



एप्पल इन्टेलिजेन्स फिचर रहने नयाँ आइफोन अपरेटिङ सिस्टम आइओएस १८.१ मा कुनकुन सुविधा हुनेछन् त ? आउनुहोस् चर्चा गरौँ :

१. Writing Tools

एआइयुक्त राइटिङ टुल्स विभिन्न एप्पल एप्सहरु जस्तै मेल, म्यासेज, नोट्स आदिमा उपलब्ध हुनेछ।

यी टुल्समा टेक्स्ट समराइजेसन, टेक्स्ट जेनेरेसन, टेक्स्ट इम्प्रुभमेन्ट लगायतका विभिन्न सुविधाहरु सामेल छन्।



प्रयोगकर्ताहरुले एआइबाट मेसेज तथा इमेललाई लामो बनाउनका लागि पनि यसलाई प्रयोग गर्न सक्दछन्। यसका अलावा प्रयोगकर्ताले manural prompts को प्रयोग गरेर यसलाई विभिन्न शैलीमा पनि पुनर्लेखन गर्न सकिन्छ।

२. Notification Summarisation

iOS 18 अपडेटसँगै आउने एउटा अर्को गज्जबको सुविधा हो नोटिफिकेसन समराइजेसन। यसमा एप्पल इन्टेलिजेन्सको प्रयोग गरेर ठूलो संख्यामा नोटिफिकेशनलाई दुई तरिकाबाट संक्षेपीकरण तथा व्यवस्थित गर्न सकिन्छ।

३. Clean Up in Images

यो फिचरको प्रयोग गरेर प्रयोगकर्ताले कुनै पनि तस्वीरबाट जुनसुकै वस्तु वा व्यक्तिहरु हटाउन सक्दछन् । एआइले त्यसलाई स्वचालित रूपले हटाउन सक्दछ वा प्रयोगर्तालाई विशेष वस्तु या व्यक्तिको चित्रलाई हाइलाइट करने अनुमति दिन्छ ताकि त्यसलाई हटाउन सकियोस् र पृष्ठभूमिलाई भर्न सकियोस् ।



४. AI Search in Photos

एप्पल इन्टेलिजेन्सबाट प्रयोगकर्ताले फोनको फोटोज एप तथा त्यसमा संग्रहित तस्वीरलाई प्राकृतिक लवजयुक्त प्रश्नबाट खोज्न सक्दछन्। साथै वर्णनात्मक promp को प्रयोग गरेर कुनै खास तस्वीरका बारेमा पनि सोध्न सकिन्छ।

५. Email Summary

एप्पल एआइबाट लामा लामा ईमेल थ्रेड्सलाई संक्षेपमा प्रस्तुत गर्न सकिन्छ ताकि सबैभन्दा महत्वपूर्ण विवरणलाई प्राथमिकता दिन सकियोस् ।

६. Image Playground

यसले एआइ प्रयोग गरेर कुनैपनि इमोजी तयार गर्ने तथा तस्वीर सिर्जना गर्ने अनुमति दिनेछ।

उपरोक्त सुविधाहरु सेप्टेम्बर महिनाको अन्त्यसम्म उपलब्ध हुनेछन् भने अन्य केही एप्पल इन्टेलिजेन्स सम्बद्ध सुविधाहरु भविष्यको आइओएस अपडेट्ससँगै उपलब्ध हुनेछन्। जुन निम्नानुसार छन् –

७. ChatGPT Integration

OpenAI को च्याटबट ChatGPT लाई Siri तथा सिस्टमवाइड राइटिङ टुल्स मा एकीकृत गरिनेछ। यसले उपकरणहरुमा विभिन्न टुल्सको तस्वीर तथा दस्तावेज प्रोसेसिंग क्षमता समेत प्रदान गर्नेछ।

८. Smarter Siri

एप्पल उपकरणहरुका लागि भर्चुअल असिस्टेंट सिरीमा पनि महत्वपूर्ण सुधार हुँदैछ। र सिरीमा पनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्राकृतिक भाषामा कुराकानी गर्ने सुविधा प्रदान गर्नेछ। सिरीबाटै विभिन्न एपमा पनि काम गर्न सकिनेछ।



९. Genmoji

यो एक दृश्य उपकरण हो जसले कुनैपनि सामान्य स्केचलाई सम्बन्धित तस्वीरमा परिणत गर्नेछ। प्रयोगकर्ताहरुले आफ्ना तस्वीरहरु अपलोड गर्न सक्दछन् र त्यसलाई एक कलात्माक व्याख्यामा बदल्न पनि सक्दछन् ।

१०. Visual Intelligence

आइफोन प्रयोगकर्ताले क्यामेरा कन्ट्रोल बटन ट्याप गरेर एआइलाई सक्रिय बनाउन सक्छन् र त्यसरी कैद गरिएका तस्वीरका बारेमा अधिक जानकारी प्राप्त गर्न सक्छन् । यो एक दृश्य खोज उपकरण हो जसले गुगल लेन्स जस्तै काम गर्दछ।

यसका अलावा यो च्याट जिपिटीसँग एकीकृत हुनेछ । प्रयोगकर्ताले यसमा गणितीय समस्याहरुको तस्वीर अपलोड गरेर त्यसको समाधान निकाल्न सक्नेछन् ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिकटकले ‘इलेक्सन सेन्टर’ सुरु भएको जनाएको छ । एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको प्लाटफर्मले जनाएको छ । सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासको निरन्तरतास्वरूप यो पहल सुरु ...
। रुसको इन्टरनेट नियामक निकाय ‘रोस्कोमनाद्जोर’ ले टेलिग्राम म्यासेन्जर प्लेटफर्मको गति जानाजान सुस्त बनाएको छ। रुसी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मस्कोले आफ्ना नागरिकहरूलाई राज्यको कडा निगरानीमा रहने घरेलु अनलाइन सेवा ‘म्याक्स’प्रयोग गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ। रोस्कोमनाद्जोरले, टेलिग्रामले प्रयोगकर्ताको डाटा रूसभित्रै भण्डारण गर्नुपर्ने र आपराधिक तथा आतङ्कवादी उद्देश्यका लागि हुने प्रयोगलाई रोक्नुपर्ने कानुनको पालना नगरेको ...
— युरोपियन यूनियन (इयू)ले समाजिक सञ्जाल टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरूअन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन निर्देशन दिएको छ । दुई वर्षअघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा इयूले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ। लत लाग्ने खालका ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन् । बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औं वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन् । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय ...
— सन् २०२४ को सुरुमा एप्पललाई उछिन्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्ट केही सातायता निरन्तर दबाबमा छ । गत बिहीबार कम्पनीले एकै दिन करिब ४ खर्ब अमेरिकी डलर गुमाएको थियो । मानव बेचबिखन तथा बाल यौन अपराधी ठहर भएका जेफ्री एप्स्टिनसँग जोडिएका फाइलमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम रहेको खबरपछि कम्पनीको छविमा थप नकारात्मक प्रभाव परेको छ । पछिल्लो ...