मुख्य समाचार
सुखद् अकुपेन्सीसहित ‘शाम्बाला’ रिलिज, ‘अस्कर इफेक्ट’ले फाइदा पुग्ला ?
सुखद् अकुपेन्सीसहित ‘शाम्बाला’ रिलिज, ‘अस्कर इफेक्ट’ले फाइदा पुग्ला ?

। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ ।

काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा अकुपेन्सी बढेर शतप्रतिशत हुने अनुमान छ ।




विशेषगरी क्यूएफएक्सको छाया सेन्टर र लाबिम हलमा अकुपेन्सी बढी छ । चावहिलको केएल टावरस्थित एफक्युब सिनेमाजमा पनि अपरान्ह र बेलुकीका शो खचाखच हुने देखिएका छन् । तर नियमितजसो नेपाली फिल्मको अकुपेन्सी राम्रो हुने अन्य हलमा भने ‘शाम्बाला’ले दर्शक तान्न सकेको देखिएको छैन ।

पोखरा र चितवनका हलमा अकुपेन्सी ३० प्रतिशत हाराहारीमा छ । अपरान्ह र बेलुकीका शो ती सहरमा केही बढ्ने अनुमान छ । बलियो वर्ड अफ माउथ र नयाँ ठूला फिल्म नआउँदाको फाइदा यो फिल्मलाई पुग्ने अनुमान छ । आगामी अस्कर अवार्डमा यो फिल्मले नेपालको प्रतिनिधित्व गर्ने खबरपछि फिल्मले थप दर्शकलाई तान्न सक्ने अनुमान छ ।



अस्करमा जाने निश्चित भएलगत्तै फिल्मले पोस्टर पनि सार्वजनिक गरेको छ । विगतमा केही फिल्म अस्करमा सिफारिस भएपछि पुनः प्रदर्शनमा आएको इतिहास छ । अस्कर इफेक्टले फिल्मलाई केही हदसम्म फाइदा पुग्न सक्ने देखिन्छ । भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र अनुराग कश्यपको नेपाल भ्रमणले पनि फिल्मलाई प्रवर्द्धनमा फाइदा पुग्ने अनुमान छ ।

शुक्रबारदेखि क्यूएफएक्स बाहेकका हलमा शाहरुख खान, प्रीति जिन्टा र रानी मुखर्जी स्टारर बलिउड फिल्म ‘वीरजारा’को पुनः प्रदर्शन सुरु भएको छ । यो फिल्म २० वर्षपछि फेरि हलमा रिलिज भएको हो ।

शुक्रबारदेखि जापानी एनिमेटेड फिल्म ‘डिटेक्टिभ कोनान : द मिलियन डलर पेन्टाग्राम’ पनि प्रदर्शनमा आएको छ । केस क्लोज्ड फिल्म श्रृंखलाको यो २० औं श्रृंखला हो जसलाई हिगा नाकाओगाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...
। अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, ...