: जापानमा रहेका प्रवासी नेपालीहरूले बिहुकोट समाजको आयोजनामा तीज महोत्सव गरेका छन्। नेपाली राजदूतावास जापानका राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको उक्त महोत्सवमा ठूलो संख्यामा नेपालीहरूले सहभागिता जनाएका थिए।
महोत्सवलाई नेपाली देउडा गायिका लक्ष्मी आर्चाय, सुर्य खड्का , युवराज आचार्य, सान्ता रानि परियार , सरिता गुरुङ श्रेस्ठ, निशा क्षेत्री, मौलिक लोक भाकाको तीज गीत गर्ने रेस्मा कँडेल मुना शर्मा, दिपिका कँडेल, मुना कँडेल, गीता कँडेल, अमृता सापकोटा, सरिता, देवी कँडेलले महोत्सवलाई संगीतमय बनाए।
महोत्सवमा एनआरएन जापानका अध्यक्ष नबिन निउरे, सामाजिक अभियन्ता अर्जुन भुषाल , लक्ष्मी रिजाल कँडेल , नवलपुर समाज जापानका अध्यक्ष सुरेश सापकोटा, बागलुङ समाज जापानका अध्यक्ष यामकान्त कँडेल, लेखानि समाजका अध्यक्ष खगराज कँडेल, उपाध्यक्ष दीपक कँडेल , हिरा श्रिष नेपाल विशेष सहभागिता जनाएका थिए।
जापानको चिबा प्रान्तस्थित फुनाबाशी सहरको एक होटलमा ५ तारिखका दिन नेपाली विद्यार्थी २१ बर्षीय बादल छन्त्यालको हत्या आरोपमा प्रहरीले एक जापानी महिलालाई पक्राउ गरेको छ।
३२ बर्षीय आसाका मायु नाम गरेको महिला लाइ पक्राउ गरि अनुसन्धानको क्रममा, “मैले मेरो प्रेमीसँगै मर्न चाहें, त्यसैले चक्कु चोरी गरेँ” भन्ने बयान दिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनले उक्त ...