मुख्य समाचार
जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिरहा, सुनसरी र झापा जिल्लाका बिरामी रहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।


हरेक वर्ष विशेषगरी भदौ र असोज महिनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण उच्च हुने गरेको छ। इन्सेफ्लाइटिसको संक्रमण न्यूनीकरण एवम् नियन्त्रणका लागि तयारी र प्रतिकार्य जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। परिवार कल्याण महाशाखाद्वारा प्रादेशिक स्वास्थ्य निर्देशनालयहरू, जिल्ला र द्रुत प्रतिकार्य टोलीहरूसँग शुक्रबार संयुक्त बैठक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल–भारत सीमा जोड्ने कोशी प्रदेशका पाँच नाका क्रमशः खुकुलिन थालेका छन्
— वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू बिरामीकै सेवामा लाग्ने बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै डा. रुइतले आफूलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरे पनि आफू नेपाली र संसारभरका बिरामीको सेवामा लाग्ने बताएका हुन् । 'लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका ...
अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्न सरकारलाई आग्रह
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन