मुख्य समाचार
अन्तरिक्षमा नयाँ कीर्तिमान : पहिलोपटक आम मानिसले गरे स्पेसवाक
अन्तरिक्षमा नयाँ कीर्तिमान : पहिलोपटक आम मानिसले गरे स्पेसवाक

स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो ।

अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त मिसनमा रहेका अर्बपति जारेड आइज्याकम्यान र स्पेस एक्सकै इन्जिनियर सराह गिलिस यानबाट बाहिर निस्किएर स्पेस वाक गर्दै इतिहास रचे । उनीहरुले निजी व्यवसायिक उडानमा अन्तरीक्षमा गएर पहिलोपटक स्पेस वाक गर्ने कीर्तिमान कायम गरे ।

त्यस्तै सन् १९७९ को दशकपछि कुनै पनि यान अन्तरिक्षमा त्यति माथि पुगेको यो पहिलोपटक हो ।

चारजना यात्रु बोकेर मंगलबारउडेको एक्सको ड्रागन अन्तरिक्षयानमा रहेका दुईजना यात्रु बिहीबार स्पेसवाक गरेका हुन् ।



यो कदम व्यवसायिक अन्तरिक्ष उद्योगका लागि महान अग्रगामी कदम भएको नासाले उल्लेख गरेको छ ।

पछिल्लो सफलता सन् २००२ एलन मस्कले स्थापना गरेको स्पेस एक्स कम्पनीका लागि अर्को महत्वपूर्ण कोशेढुंगा भएको बताइएको छ ।

सुरुआतमा अन्तरिक्ष उद्योगमा आफ्नो अस्तित्व स्वीकार गराउनै समस्या भोगेको स्पेस एक्सले सन् २०२० मा आइपुग्दासम्म आफूलाई पावरहाउसको रुपमा विकास गरिसकेको थियो र नासाका लागि स्पेस स्टेशनसम्म अन्तरिक्षयात्रीलाई ओसार्ने अन्तरिक्षयान निर्माणमा बोइंगलाई पछि पारेको थियो ।

उनीहरु दुवै जना यानबाट निस्किएर १ घण्टा ४६ मिनेटसम्म अन्तरिक्षमा हिंडेका थिए ।

स्मरण रहोस् अन्तरिक्षमा हिड्ने अर्थात् स्पेसवाक गर्ने पहिलो अन्तरिक्षयात्री रुसका एलेक्सेइ लियोनोभ हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरू बाढीको सामना गरिरहेका छन्। अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । सरकारले राहत र उद्धार कार्यका लागि सेनालाई डुङ्गा र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ। देशको दक्षिणी भागका दश प्रान्तहरू गत हप्तामा बाढीबाट प्रभावित भएका छन्। मलेसियाको सिमानामा रहेको व्यापारिक केन्द्र हात याई शहरमा एकै दिनमा ...
: ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ। मंगलबार सर्वोच्च अदालतले उनलाई २७ वर्ष ३ महिनाको जेल सजायको फैसला सुनाएको हो। उनलाई विद्रोहको षड्यन्त्र रच्ने र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या घटनामा संलग्न रहेको आरोपमा अदालतले दोषी ठहर गरेको हो। न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भने कि,'मुद्दाको अन्तिम निर्णय भइसकेको छ र ...
। युद्ध रोक्न अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको २८ बुँदे शान्ति योजनामा युक्रेन र अमेरिकाले छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएपछि विरोध सुरू भएको ...
। राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन बुर्का लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मङ्गलबार यस वर्षभरका लागि संसद्‌बाट निलम्बन गरिएको छ । मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित वन नेशन पार्टीकी ७१ वर्षीया नेत्री ह्यान्सनले सोमबार आफ्नो ‘सार्वजनिक स्थानमा अनुहार ढाक्ने पहिरन प्रतिबन्ध’ सम्बन्धी प्रस्तावित ...
। चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ। क्विचो प्रान्तको शिदोंग सहरमा सप्ताहन्तमा सुरु भएको यो विरोध प्रदर्शन स्थानीय अधिकारीहरूको एउटा नयाँ निर्देशनको प्रतिक्रियामा भएको हो । अधिकारीहरूले अबदेखि मानिसहरूको मृत्युपश्चात् जमिनको ...