मुख्य समाचार
राजनीतिमा लाग्न फिल्म करिअर छाड्दै थलापति विजय, अन्तिम फिल्म घोषणा
राजनीतिमा लाग्न फिल्म करिअर छाड्दै थलापति विजय, अन्तिम फिल्म घोषणा

। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ ।

यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश गरिएको छ ।


यसलाई सेयर गर्दै निर्माताले लेखेका छन्, ‘हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि यो हाम्रो यो तमिल फिल्म चाड जस्तै हो । थलापतिको लागि माया । हामी तपाईंका फिल्म हेरेर हुर्केका हौं र तपाईं हाम्रो जीवनको हरेक पाइलाको हिस्सा हुनुभएको छ । ३० वर्ष भन्दा बढी समयदेखि हामीलाई मनोरन्जन प्रदान गर्नुभएकोमा धन्यवाद ।’

‘थलापति ६९’ अक्टोबर २०२५ मा रिलिज हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म रिलिजपछि विजयले फिल्मबाट ब्रेक लिएर राजनीतिमा पूर्ण ध्यान दिनेछन् ।



विजयले यसैवर्ष फेब्रुअरी २ मा आफ्नो राजनीतिक पार्टी ‘तमिलगा वेत्री कझगम’ खोलेका थिए । यसको हिन्दीमा अर्थ तमिलनाडु विजय पार्टी हो । उनले सन् २०२६ को विधानसभा चुनाव लड्ने विश्वास गरिएको छ । फेब्रुअरीमा पार्टी खोल्ने क्रममा विजयले आफूले अरू कुनै पार्टीलाई समर्थन नगर्ने बताएका थिए । उनले पार्टी मार्फत तमिलनाडुका जनताको सेवा गर्ने बताएका थिए ।

विजयले सन् १९९२ मा फिल्म ‘नालैया थेरपु’बाट मुख्य अभिनेताको रूपमा डेब्यु गरेका हुन् । उनी तमिल सिनेमाका सबैभन्दा ठूला स्टारमध्ये एक बने । अहिलेसम्म ६८ फिल्ममा काम गरिसकेका विजयले आफ्नो करिअरमा ‘मास्टर’ र ‘थेरी’ जस्ता ब्लकबस्टर हिट फिल्म दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...