मुख्य समाचार
५२ करोडमा बिक्यो अल्बर्ट आइन्स्टाइनको चिठी
५२ करोडमा बिक्यो अल्बर्ट आइन्स्टाइनको चिठी

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ।

मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् ।




हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र मूल्यवान छन् भन्ने कुरा प्रमाणित गरेको छ ।

आइन्स्टाइनद्वारा हस्ताक्षरित एउटा चिठी ३९ लाख डलर अर्थात् ५२ करोड रुपैयाँमा लिलाम भएको छ ।



सो चिठी आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्रान्कलिन डी रुजबेल्टलाई लेखेका थिए । उक्त पत्रमा आइन्स्टाइनले परमाणु हतियारको सम्भावनाका विषयमा चेतावनी दिएका थिए ।

साथै उनले आफ्नो पत्रमा परमाणु हतियारको विध्वंसका सम्बन्धमा अध्ययन गर्नका लागि समेत अमेरिकी राष्ट्रपतिलाई सुझाएका थिए । सो पत्रले दोश्रो विश्वयुद्धका बेला परमाणु बम निर्माणको लागि बाटो खोलेको थियो ।

सोसल मिडियामा समेत निकै चर्चा भएको अल्बर्ट आइन्स्टानको उक्त पत्रमा उनले एउटा भविष्यवाणी गरेका थिए । उनको सो भविष्यवाणी परमाणुु हतियारका विषयमा थियो ।

परमाणु हतियार भविष्यमा विश्वका लागि निकै खतरनाक सावित हुनसक्ने आँकलन आइन्स्टाइनले उक्त पत्रमा गरेका थिए ।

इतिहास बदल्ने चेतावनी

उक्त पत्र न्युयोर्कस्थित फ्रांकलिन डी रुजवेल्ट पुस्तकालयमा रहेको संग्रहको हिस्सा हो । जसमा आइन्स्टाइनले जर्मनीद्वारा परमाणु हतियार निर्माण गर्नसक्ने सम्भावना रहेको उल्लेख गरेका थिए । उनले परमाणु विज्ञानमा तत्कालीन अवस्थामा भएको प्रगतिका विषयमा चर्चा गर्दै युरेनियमलाई नयाँ तथा महत्वपूर्ण उर्जा श्रोतमा बदल्न सकिने बताएका थिए । सोही ऊर्जालाई प्रयोग गरेर निकै शक्तिशाली बम बनाउन सकिने उनको ठहर थियो ।

उक्त पत्रले अमेरिकी सरकारलाई परमाणु विखण्डन विज्ञानमा आफ्नो अनुसन्धानलाई तीव्रता दिन सहमत बनायो, जसको परिणाम स्वरुप म्यानहटन परियोजना सुरु भयो । सोही परियोजनाबाट विश्वले पहिलो परमाणु बम प्राप्त गरेको थियो ।

बिजनेस इनसाइडरका अनुसार लिलामीमा बिक्री भएको आइन्स्टाइनको उक्त पत्र आइन्स्टाइनको एकमात्र हस्तलिखित पत्रको प्रति हो ।

माइक्रोसफ्टका सह सस्थापक पल एलनले सो पत्र संग्रह गरेका थिए । उनले सन् २००२ मा २१ लाख डलरमा उक्त पत्र खरिद गरेका थिए । त्यसअघि उक्त पत्र प्रकाशक म्याल्कम फोर्ब्ससँग थियो, जसले भौतिक वैज्ञानिक लियो स्जिलार्डको सम्पत्ति खरिद गरेका थिए ।

स्मरण रहोस् अल्बर्ट आइन्स्टाइनले अमेरिकी परमाणु कार्यक्रमलाई अघि बढाउनमा महत्पूर्ण भूमिका निर्वाह गरेका थिए । तर, कालान्तरमा भने आइन्स्टाइनले सो कदम आफ्नो सबैभन्दा ठूलो भूल भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इजरायलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी पनि घाइते भएको खुलेको छ । स्रोतका अनुसार, इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी युद्धको पहिलो दिनमा खुट्टा भाँचिनुका साथै केही चोटपटक लागेको छ । अमेरिकाले र इजरायलले गरेको बमबारी अभियानको पहिलो दिन उनी घाइते भएको सीएनएनले जनाएको छ । ५६ वर्षीय खामेनीको खुट्टा भाँचिनुका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशमा हुने औद्योगिक उत्पादन र आपूर्ति व्यवस्थालाई लिएर बुधबारदेखि नयाँ 'व्यापारिक अनुसन्धान' सुरु गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले आर्थिक आपतकालको हवाला दिँदै लगाइएको ट्रम्पको पुरानो आयात शुल्क (इम्पोर्ट ट्यारिफ) लाई खारेज गरिदिएपछि यो नयाँ कदम चालिएको हो। यस अनुसन्धानको दायरामा भारतसहित विश्वका १६ ठूला अर्थतन्त्र भएका मुलुकहरूलाई राखिएको छ। अमेरिकी ...
: मध्यपूर्वमा चर्किएको युद्धको सिधा असर विश्व आर्थिक बजारमा देखिएको छ। बिहीबार सुरुवाती कारोबारका क्रममा प्रमुख एसियाली सेयर बजारहरू ओरालो लागेका छन्। जापानको निक्केई र अष्ट्रेलियाको सेयर बजार सूचकांक करिब १ प्रतिशतले घटेका छन्। त्यस्तै दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि करिब ०.४ प्रतिशतले तल झरेको छ। इरानले विश्व समुदायलाई चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २०० अमेरिकी ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव र 'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम चालेको छ। आईईएका ३२ सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन भण्डारबाट कुल ४० करोड ब्यारेल कच्चा तेल विश्व बजारमा उपलब्ध गराउने सर्वसम्मत निर्णय गरेका छन्। एजेन्सीको उक्त निर्णयमा अमेरिकाले ...
: इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक गरेका छन्। उनले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरुमध्य' तत्काल नखोलिने घोषणा गर्दै शत्रु देशहरूमाथि दबाब बढाउने घोषणा गरेका हुन् । आफ्नो विशेष सन्देशमा सर्वोच्च नेता खामेनीले पश्चिम एसिया (मध्यपूर्व)क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू तत्काल ...