मुख्य समाचार
एमबीबीएस प्रवेश परीक्षाको नतिजा त्रुटि प्रकरण : न्याय कुर्दै विद्यार्थीहरू
एमबीबीएस प्रवेश परीक्षाको नतिजा त्रुटि प्रकरण : न्याय कुर्दै विद्यार्थीहरू

: चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिएका छन् । नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै उनीहरूले १६ दिनसम्म पनि आन्दोलन जारी राखेका हुन् । सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गर्दै उनीहरूले ओएमआर सिट हेर्न पाउँ, विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न पाइँदैन भन्नेलगायतका नारा लगाएका थिए ।



आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि लुकाएको र अब आयोगमाथि नै विश्वास नरहेको आन्दोलनरत विद्यार्थी जीवन सिंहले बताए । उनले आफूहरूले अदालतको ढोका ढकढकाएकाले अदालतले नै न्याय दिने विश्वास व्यक्त गरे।

आयोगले प्रकाशित गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा एमबीबीएसतर्फ गम्भीर त्रुटि गरेको तथ्य बाहिरएसँगै विद्यार्थीहरूले आफूले लेखेको उत्तरपुस्तिका,अयोगले दिएको नम्बरको एन्सर कि र आयोगले सोधेको प्रश्नपत्र हेर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको उनको भनाइ ...
। भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ...
। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् । भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी ...
। जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव गरेको मन्त्रालयले जनाएको ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिला ...