मुख्य समाचार
उपसभामुखबारे प्रधानमन्त्रीले भने : के विषय रहेछ भनेर सोध्न पनि नपाउने ?
उपसभामुखबारे प्रधानमन्त्रीले भने : के विषय रहेछ भनेर सोध्न पनि नपाउने ?

। प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानामगरको विषय अनावश्यक उचालिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको बताएका हुन् ।




‘उठ्तै नउठेका कुराहरुमा, प्रस्तावै नआएका कुरामा छलफल कसरी चलेको हो त्यो मैले बुझेको छैन’, उनले भने ।

प्रधानमन्त्री ओलीले उपसभामुखको नाम त लिएनन् । तर गत हप्ता बालुवाटारमा सत्तारुढ गठबन्धनको छलफलमा उनी आफैंले उपसभामुखको विषय उठाएका थिए ।



उपसभामुख रानाले सन् २०२३ मा संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा भाग लिन आफू अमेरिका जाँदा सँगै जानेहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासमा पत्र लेखेको विषय सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर उनीमाथि प्रश्न उठेको थियो ।

नेपाली कांग्रेसले पनि उपसभामुखले पद अनुकुलको आचरण नगरेको भन्दै राजीनामा माग गरेको थियो ।

सोमबार प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा उठेका प्रश्नबारे बालुवाटार बैठकमा छलफल भएको संकेत गरे । उनले प्रश्न गरे, ‘उठेका विषयमा कहिँ कसैले कुरा गरे रे भनेर के कुरा गर्‍यौ, किन कुरा गर्‍यौ भन्ने, ए बाबा कस्तो हो, संसदमा कुरा उठ्छ, के रहेछ भनेर सोध्न पनि नआउने ?’

उपसभामुखको कुरा उठ्दा जातीयता र लिंगीय विभेदका कुरा उठाएर गालीगलौच गरिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए ।

‘हामी बोलौं आलोचना गरौं, तर भाषाको पनि सीमा हुन्छ, हामी सभ्य नेपाली समाजका छानिएका सभ्य प्रतिनिधि हौला, हाम्रो क्रियाकलापमा, हाम्रा बोली व्यवहारमा समाजले नमुनाको रुपमा, आफ्नो मर्यादा, शिष्टताको प्रतिबिम्ब खोज्ला’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको उनको भनाइ ...
। भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ...
। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् । भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी ...
। जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव गरेको मन्त्रालयले जनाएको ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिला ...