मुख्य समाचार
जुम्लाको स्याउलाई बजार दिइयोस् : ज्ञानेन्द्र शाही
जुम्लाको स्याउलाई बजार दिइयोस् : ज्ञानेन्द्र शाही

। राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्याउ नबिकेर जुम्लाका किसान समस्यामा परेको बताए । जुम्लाको स्याउ ७० रुपैयाँ किलोमा पनि नबिक्ने गरेको बताए ।



आफूले सभामुख देवराज घिमिरेलाई दुई वटा स्याउ दिएको उनले सुनाए । दुई वटामध्ये एउटा विदेशी स्याउ र एउटा स्वदेशी स्याउ रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो विदेशी स्याउ नखानुहोला सभामुखज्यू।’

विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको हुने र त्यसले क्यान्सर हुन सक्ने, मानिसको पाचन प्रक्रियामा असर पार्न सक्ने उनले बताए ।



मानव स्वास्थ्यका लागि हितकर नरहेको विदेशी स्याउ बजारमा पाइने तर, हुम्लामा उत्पादन भएको स्वस्थकर स्याउ बिक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

साढे तीन सय रुपैयाँ प्रतिकिलो स्याउ नेपालका भाटभटेनीदेखि ठूला ठूला सुपरमार्केटमा बिकिरहेको तर, जुम्लाका स्याउ ७० रुपैयाँ प्रतिकिलो पनि नबिकिरहेको बताए ।

‘जुम्लाका किसानको स्याउ ७० रुपैयाँमा पनि सिण्डिकेडधारीहरू किन्न तयार छैनन्’ उनले भने । यस्तो विषयमा सरकार गम्भीर हुनुपर्ने र स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

जुम्लाका किसानले ५० करोड माथिको स्याउ उत्पादन गरेको उनको दाबी छ । ६ अर्बको स्याउ विदेशबाट अयात हुने गरेको उनको दाबी छ । सरकारले गुणस्तर चेक गरेर त्यसअनुसार स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको उनको भनाइ ...
। भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ...
। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् । भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी ...
। जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव गरेको मन्त्रालयले जनाएको ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिला ...