मुख्य समाचार
भैरहवाका हर्षोल्लासका साथ मनाइँदै मोहम्मद जयन्ती
भैरहवाका हर्षोल्लासका साथ मनाइँदै मोहम्मद जयन्ती

: इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको १४९९ औँ जन्मोत्सव (मोहम्मद जयन्ती) मुलुकभरका साथै भैरहवा पनि हर्षोल्लासका साथ मनाइँदैछ।



भैरहवा क्षेत्रवासीले मुलुकको सम्वृद्धिको कामना गर्दै मोहम्मद जयन्ती हर्षोल्लासका साथ मनाइरहेका छन्। जयन्तीको अवसरमा यस क्षेत्रमा सोमबार विशाल र्‍याली निकालिएको छ।

मुस्लिम समुदायको विभिन्न संघसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा मिलन चोकबाट सुरु भएको र्‍याली नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैंक रोड लगायतका स्थानमामा परिक्रमा गरिएको थियो।


हजारौँको संख्यामा निकालिएको र्‍यालीमा सिद्धार्थनगर नगरपालिका (भैरहवा) का मेयर इश्तियाक अहमद खाँ, प्रदेश सांसद सन्तोष पाण्डेय, मौलाना फैजुल्लाह मुसलमान, समाजसेवी फकरुद्दीन खान, रोहिणी गाउँपालिका–१ का वडाअध्यक्ष आबिद पठान, फैज अहमद खान, अहले सुन्नत व जमाअत अन्जुमन इस्लामिया कमिटीका अध्यक्ष मोहम्मद फिरोज, मोहम्मद अकिल, मोजिब अली, विद्यार्थी नेता मोहम्मद अली लगायतको सहभागिता रहेको थियो। र्‍यालीमा सहभागीहरुले राष्ट्रिय झण्डा, धार्मिक वस्त्र, धार्मिक झण्डा सहित जन्मोत्सवको खुशीयालीमा नारा लगाएका थिए।

भैरहवा स्थित रहमानिया मस्जिदमा आयोजना गरिएका कार्यक्रममा सहभागी वक्ताहरुले सरकारसँग मोहम्मद जयन्तीको दिनमा पूर्ण रुपमा सार्वजनिक विदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनु पर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह सेवा सुविधा दिनुपर्ने लगायत माग गरेका छन्।

जयन्तीको अवसरमा सिद्धार्थनगर नगरपालिकाले स्थानीय विदा दिएको छ भने संघिय सरकारले मुस्लिम सामुदायलाई मात्र विदा दिएको छ। उपस्थित सहभागीहरुले संयुक्त रुपमा मुलुकको सम्वृद्धिको लागि प्राथना गरेका छन्। र्‍यालीको क्रममा भएका फोहोर सहभागी युवाहरु आफैले उठाएका छन्।

हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको जन्म इस्लामी पात्रो हिजरी सम्बतको रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा आमा आमिनाको कोखबाट भएको बताइन्छ। उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइ दिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ। उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ। जन्मदिनको खुसियालीमा इस्लाम धर्मालम्वीहरुले जश्ने ईद मिलादुन्नबी (रविउल्ल अवल)को रूपमा मनाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको उनको भनाइ ...
। भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ...
। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् । भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी ...
। जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव गरेको मन्त्रालयले जनाएको ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिला ...