अमेरिकी हिपहप स्टार डिडी यौन हिंसाको आरोपमा पक्राउ
अमेरिकी हिपहप स्टार डिडी यौन हिंसाको आरोपमा पक्राउ

। अमेरिकी र्‍यापर सिन ‘डिडी’ कम्ब्स न्युयोर्कमा पक्राउ परेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहार तथा उत्पीडनको आरोप छ ।

मुद्दा दायर भएपछि उनलाई न्युयोर्कको म्यानहटनबाट पक्राउ गरिएको हो । भेराइटी म्यागजिनका अनुसार कम्ब्सका वकिल मार्क अग्निफिलोले र्‍यापर पक्राउबारे जानकारी दिएका हुन् ।




सिन ‘डिडी’ कम्ब्सका वकिलले भने, ‘न्यायाधिवक्ताको कार्यालयले चलाएको अन्यायपूर्ण अभियोगबाट हामी निराश छौं । एक संगीत आइकन, स्वनिर्मित उद्यमी, मायालु पारिवारिक मानिस, जसले विगत ३० वर्षमा एक साम्राज्य बनाएका छन् । अश्वेत समुदायको हकहितमा काम गरेका छन् ।’

कम्ब्सका वकिलले अनुसन्धानमा आफूहरुले सहयोग गरिरहेको बताएका छन् । कम्ब्स विरुद्ध मौखिक दुर्व्यवहार, आक्रमण, यौन उत्पीडन र भावनात्मक पीडाको आरोप लगाउँदै गत सेप्टेम्बर १० मा मुद्दा दायर भएको थियो ।




गत मार्चमा मियामी र लस एन्जलसमा कम्ब्सको सम्पत्तिमा होमल्याण्ड सेक्युरिटीले यौन बेचबिखन अनुसन्धानलाई लिएर छापा समेत मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ । जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु ...
। चलचित्र विकास बोर्डले नेपालमा छायांकन हुने विदेशी फिल्मका नेपाली व्यवस्थापकलाई सघाउने बताएको छ । चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डीसीले विदेशी फिल्म छायांकनका नेपाली व्यवस्थापकले राखेका गुनासा सुने । नेपालमा विदेशी फिल्मको छायांकनमा काम गरिरहेका झण्डै ३० जना सहजकर्ताले सम्बद्ध अधिकारीसँग गुनासा राखेका ...
। गत ४ डिसेम्बरमा भारतको हैदरावादस्थित सन्ध्या थिएटरमा भएको भागदौड घटनामा अभिनेता अल्लु अर्जुनलाई राहत मिलेको छ । उनले जमानतमा छुट पाएका छन् । भागदौड मामिलामा उनी डिसेम्बर १३ मा पक्राउ परेका थिए । भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको शर्त अनुसार उनी हरेक आइतबार स्थानीय चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो । साथै ...
: पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्। विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन्। यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन्। सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ सुरु गरेका हुन्। शुक्रबारदेखि २१ जनवरीसम्म ...
: नेपाली साहसिक खेलकुदको इतिहासमा पहिलो पटक अनुभवी नेपाली प्रशिक्षकले पोखरामा स्काइडाइभिङ कार्यक्रम गर्ने भएका छन्। सिम्रिक एयरको आयोजनामा हजारौं सफल जम्प र दशकभन्दा बढी अनुभवी प्रशिक्षकहरूले नेपालको साहसिक पर्यटनमा नयाँ युगको सुरुवात गर्न लागेका हुन्। सिम्रिक एयर लिमिटेड विगत २२ वर्षदेखि नेपाली आकाशमा सुलभ र सुरक्षित हवाई सेवा प्रदान गर्दै आएको नेपालकै एक अग्रणी ...