राप्रपाले २० युवालाई बनायो केन्द्रीय सदस्य, मिस नेपाल केसी पनि छानिइन्
राप्रपाले २० युवालाई बनायो केन्द्रीय सदस्य, मिस नेपाल केसी पनि छानिइन्

। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको थियो । अन्तर्वार्तापछि मिस नेपाल वर्ल्ड केसी पनि केन्द्रीय सदस्यमा छनोट भएकी हुन् ।

दार्चुलाका अशोक सिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका ईन्जिनियर गोपीकृष्ण चौलागाई, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौंका समीर शर्मा र युके प्रवासका डा. डेभिड थापा राप्रपा केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी ईञ्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी ईञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाडौंकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी पनि राप्रपा केन्द्रीय सदस्य छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ ...
। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए । संविधान दिवसको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।
। नेपाली कांग्रेसले ७ असोजदेखि सुरु हुने पार्टीको १०० दिने विशेष अभियानमा खटिने प्रतिनिधिको काम निश्चित गरेको छ । अभियानमा जिल्लाजिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई बुधबार केन्द्रीय कार्यालयमा अभिमुखीकरण गरिएको छ । महामन्त्री गगन थापाले अभियानमा खटिने प्रतिनिधिहरुलाई उनीहरुको जिम्मेवारीबारे जानकारी गराएका छन् । १६ पुसमा सकिने अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिनिधिले सम्मेलन ...
चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव आधार शिविरनिर्माण गर्ने तयारी गरेको छ । उक्त मानवीय आधार सिविरको नाम लूनर बेस वा मून बेस हुनेछ । चीनको अन्तरिक्ष एजेन्सी CNSA (चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन) ले यस विषयमा आफ्नो योजना सार्वजनिक गरिसकेको छ । जसअनुसार उक्त मून बेस दुई चरणमा निर्माण हुनेछ। पहिलो २०३० मा र दोस्रो २०३५ ...