नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयार
नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयार

। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् ।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् ।




भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको बधाइपत्र पनि युनुसलाई हस्तान्तरण गरेका थिए ।

राजदूत भण्डारीले ७ अगस्टमा नयाँ सरकारका विषयमा जारी गरेको विज्ञप्ति स्मरण गराउँदै बंगलादेशको नयाँ सरकारप्रति नेपालको ऐक्यबद्धता रहेको दोहोर्‍याएका थिए ।




प्राध्यापक युनुसले नेपालबाट प्राप्त सहयोग र ऐक्यबद्धताप्रति आभार जनाउँदै दुई देशबीच राजनीतिक र जनताको स्तरमा सौहार्द्धपूर्ण सम्बन्ध अघि बढ्ने बताएका थिए ।

भेटमा राजदूत भण्डारीले नेपालबाट भारत हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात तयारी भइरहेको र यो काम चाँडो हुँदा यस उपक्षेत्रको ऊर्जा सहकार्यमा रूपान्तरणकारी कदम हुने बताए ।

दुवै देशलाई लाभ हुने गरी ऊर्जा सहकार्यमा उनले जोड दिएको बंगलादेशस्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।

सार्क तथा बिम्स्टेक जस्ता क्षेत्रीय संस्थाको पुनरुत्थान महत्त्वपूर्ण भएको विषयमा पनि दुईबीच छलफल भएको थियो । नेपाल र बंगलादेश दुवै सन् २०२६ बाट अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको परिप्रेक्ष्यमा दुई देशले असल अभ्यास र अनुभव आदान प्रदान गर्नु महत्त्वपूर्ण भएको विषयमा समेत प्राध्यापक युनुस र राजदूत भण्डारीबीच कुराकानी भएको थियो ।

हालैको आन्दोलन क्रममा बंगलादेशमा रहेका नेपाली खासगरी विद्यार्थीको सुरक्षामा पाएको सहयोगप्रति पनि राजदूत भण्डारीले प्राध्यापक युनुससँग कृतज्ञता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ ...
। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए । संविधान दिवसको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।
। नेपाली कांग्रेसले ७ असोजदेखि सुरु हुने पार्टीको १०० दिने विशेष अभियानमा खटिने प्रतिनिधिको काम निश्चित गरेको छ । अभियानमा जिल्लाजिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई बुधबार केन्द्रीय कार्यालयमा अभिमुखीकरण गरिएको छ । महामन्त्री गगन थापाले अभियानमा खटिने प्रतिनिधिहरुलाई उनीहरुको जिम्मेवारीबारे जानकारी गराएका छन् । १६ पुसमा सकिने अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिनिधिले सम्मेलन ...
चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव आधार शिविरनिर्माण गर्ने तयारी गरेको छ । उक्त मानवीय आधार सिविरको नाम लूनर बेस वा मून बेस हुनेछ । चीनको अन्तरिक्ष एजेन्सी CNSA (चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन) ले यस विषयमा आफ्नो योजना सार्वजनिक गरिसकेको छ । जसअनुसार उक्त मून बेस दुई चरणमा निर्माण हुनेछ। पहिलो २०३० मा र दोस्रो २०३५ ...