मुख्य समाचार
अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो ।

कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो ।




बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदर कटौतीको निर्णय गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने एफओएमसीको दाबी छ ।

यो कटौतीपछि मूल्यवृद्धिमा थप जोखिम नदेखिएमा २०२४ को अन्त्यतिर अर्को ०.५० प्रतिशत विन्दु ब्याजदर कटौती हुन सक्ने अनुमान गरिएको छ ।




‘मूल्यवृद्धिदर लक्षित २ प्रतिशतको सीमातिरै उन्मुख छ, बेरोजगारीको जोखिम पनि अब सन्तुलनतिर गइरहेको छ’ एफओएमसीको बैठकपछि जारी विज्ञप्तिलाई सीएनबीसीले उल्लेख गरेको छ । यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ ।

‘बेरोजगारीको कुनै जटिल समस्याविना नै मूल्य स्थिरतातिर उन्मुख छौं, यसले देखाउँछ कि हामी मूल्यवृद्धि र बेरोजगार दुवै समस्यालाई सही रुपमा सम्बोधन गर्न सक्षम रहन्छौं’ कमिटीको निर्णयपछि फेडका अध्यक्ष जेरोम एच पावेलले पत्रकार सम्मेलनमा भने ।

पछिल्लो एक वर्षमा अमेरिकी बेरोजगार दर ४ बाट बढेर ४.४ प्रतिशत पुगेको छ भने मूल्यवृद्धि २.६ बाट घटेर २.३ प्रतिशतमा झरेको छ । मूल्यवृद्धिलाई २ प्रतिशत सीमामा झार्ने लक्ष्य लिइएको छ ।

अमेरिकी ब्याजदर परिवर्तनले अमेरिकी उत्पादनको लागत तथा मूल्य, कच्चा तेल, सुन, मुद्रा विनियमदरजस्ता विषयलाई प्रत्येक्ष प्रभाव पर्ने भएकाले यसको असर नेपालसहित अरु मुलुकहरूमा पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायलले इरानको राजधानी तेरहानमा भीषण हमला गरेको छ। सोमबार बिहान तेहरानको आकाशमा कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरू र इरानी सरकारी सञ्चार माध्यमका अनुसार राजधानीमा ठूला विष्फोटका आवाजहरू सुनिएका छन्। विष्फोटका घटनाहरू मध्ये एउटा ठूलो आगलागी मध्य तेहरानमा देखिएको थियो भने अर्को सहरको पश्चिमी भागमा देखिएको थियो। विष्फोटको समय इजरायली ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तटमा रहेको विवादास्पद तेल पाइपलाइन पुनः सञ्चालन गर्न आफ्नो विशेष कार्यकारी अधिकार प्रयोग गरेका छन्। राज्य सरकारको कडा विरोधका बाबजुद क्यालिफोर्नियाका बन्द रहेका तेल खानीहरूलाई ब्युँताउने पाँच-वर्षीय योजनाअन्तर्गत यो कदम चालिएको हो। शुक्रबार राष्ट्रपति ट्रम्पले 'डिफेन्स प्रोडक्सन एक्ट' (रक्षा उत्पादन ऐन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेलगत्तै ऊर्जा मन्त्री क्रिस राइटले ...
: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू क्रमिक रूपमा पुनः सुचारु भएका छन्। गएराति विमानस्थल नजिकै ड्रोन आक्रमण भएपछि इन्धन ट्याङ्कीमा आगो लाग्दा अस्थायी रूपमा उडानहरु स्थगित गरिएका थिए । सोही उडानहरू अहिले केही निश्चित गन्तव्यका लागि खुला गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विमानस्थलको एक इन्धन ट्याङ्कीमा आगो लागेपछि सुरक्षा सावधानीका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षाका लागि युद्धपोत पठाउन गरेको आग्रहलाई चीनले कूटनीतिक रूपमा पन्छाएको छ। ट्रम्पले सार्वजनिक रूपमै सैन्य सहयोग मागेको केही घण्टाभित्रै प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले मध्यपूर्वको तनावप्रति चिन्ता व्यक्त गरेको छ, तर युद्धपोत पठाउने विषयमा भने कुनै ठोस प्रतिवद्धता जनाएको छैन। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले वर्तमान स्थितिलाई 'अत्यन्तै ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन्। अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने, ‘हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी ...