मुख्य समाचार
बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब
बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब

दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे ।

ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना हो । र, त्यसरी कीर्तिमान कायम गर्ने व्यक्तिहरु हुन्, जारेड आइसाकम्यान र सारा गिलिस ।




जारेड आइसाकम्यान इलेक्ट्रोनिक पेमेन्ट कम्पनी ‘फोर डट इन’ का संस्थापक हुन् । सारा चाहिं स्पेसएक्स कम्पनीमा इन्जिनियरको रुपमा कार्यरत छिन् ।

अर्बपति आइज्याकम्यानले नै उक्त मिशनको सम्पूर्ण खर्च व्यहोरेका थिए । यात्राको सफल समापन भयो । उनीहरूले अन्तरिक्षमा सफलतापूर्वक स्पेसवाक गरे । स्पेसवाक गर्दै गर्दा जारेडले भनेका थिए, ‘हामीलाई घर फर्केर धेरै काम गर्नुछ, तर जहाँ म छु, यहाँबाट पृथ्वी एक सुन्दर संसार देखिन्छ।’




यो सफलतासँगै अन्तरिक्षयात्रामा नयाँ युगको सुरुआत भएको छ र अब आगामी दिनमा अन्तरिक्ष पर्यटन झनै फस्टाउने देखिन्छ। यहाँनेर स्वभाविक रुपमा प्रश्न उठ्छ कि आखिर एकजना सर्वसाधारण कसरी अन्तरिक्षमा स्पेसवाक गर्न सक्छ र यस कामको लागि कति खर्च लाग्छ ?

स्पेसवाक गर्नका लागि अरबौं रुपैयाँ खर्च गर्नुपर्छ, किनकि यसमा धेरै कुराहरू सामेल हुन्छन् । तर, जहाँसम्म स्पेसएक्सको ड्रयागन क्याप्सुलको कुरा छ, यसको एउटा सिटको मूल्य करिब पाँच करोड ५० लाख डलर पर्छ ।

अन्तरिक्षमा यात्रा गर्ने र स्पेसवाक गर्ने काम यतिधेरै महँगो यसकारण छ कि यसमा प्रशिक्षण, शरीरअनुसार स्पेस सूट तयारी तथा शारीरिक क्षमता विकासलगायतमा हुने खर्च समेत समावेश छ ।

कसले जान सक्छ…

Spacewalk in Space Station

सिर्फ त्यही व्यक्ति अन्तरिक्षमा जानका लागि पहलकदमी गर्न सक्छ, जसलाई नासा वा उसलाई लैजाने स्पेस कम्पनीले चयन गर्छ । तर, यसमा व्यक्तिको सीप, अनुभव र शारीरिक फिटनेसमा धेरै ध्यान दिइन्छ ।

नासा, स्पेसएक्स वा कुनै अन्य कम्पनीको अन्तरिक्षयानमा चढेर अन्तरिक्षयात्रामा जान सकिन्छ । रकेटको मद्दतले यानलाई अन्तरिक्षमा पठाइन्छ । त्यसपछि अन्तरिक्षयात्रीहरू बाहिर निस्किएर स्पेसवाक गर्छन् । त्यसक्रममा उनीहरू क्याप्सुलसँग डोरीले बाँधिएका हुन्छन्। त्यही प्रक्रिया स्पेस स्टेशनमा पनि हुन्छ।

प्रशिक्षणमा के हुन्छ ?

अन्तरिक्षका विषम परिस्थितिहरूलाई सामना गर्नका लागि कठोर शारीरिक प्रशिक्षण गराइन्छ र शारीरिक क्षमता सुधार गरिन्छ ।

स्पेसवाकसँग सम्बन्धित प्राविधिक र वैज्ञानिक प्रक्रियाहरूको ज्ञान दिइन्छ । त्यसक्रममा स्विमिङ पुलमा स्पेसवाकको प्रशिक्षण दिइन्छ । साथै, भर्चुअल रियालिटी कार्यक्रमहरू मार्फत पनि प्रशिक्षण हुन्छ। आकस्मिक अवस्थामा बाँच्नका लागि आपतकालीन प्रशिक्षण समेत गराइन्छ र मिशनको उद्देश्य पनि बुझाइन्छ ।


अन्तरिक्षको जस्तै वातावरण सिर्जना गरेर पनि सिमुलेसन गराइन्छ अर्थात दुरुस्त वातावरणामा स्पेसवाकको अभ्यास गराइन्छ ।

यात्रीहरुलाई उपकरणहरूको जाँच गर्ने तरिका सिकाइन्छ । टोलीका सदस्यहरूसँग राम्रो समन्वय र मिशन नियन्त्रणमा कामका बारेमा पनि प्रशिक्षण दिइन्छ ।

वास्तवमा अन्तरिक्षमा हिंड्नु भनेको एकदम जटिल र कठिन प्रक्रिया हो । यसमा सँगै गएको टोलीसँग राम्रो समन्वय आवश्यक त हुन्छ नै साथै, शारीरिक-मानसिक तन्दुरुस्ती र प्राविधिक ज्ञान पनि महत्त्वपूर्ण रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायलले इरानको राजधानी तेरहानमा भीषण हमला गरेको छ। सोमबार बिहान तेहरानको आकाशमा कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरू र इरानी सरकारी सञ्चार माध्यमका अनुसार राजधानीमा ठूला विष्फोटका आवाजहरू सुनिएका छन्। विष्फोटका घटनाहरू मध्ये एउटा ठूलो आगलागी मध्य तेहरानमा देखिएको थियो भने अर्को सहरको पश्चिमी भागमा देखिएको थियो। विष्फोटको समय इजरायली ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तटमा रहेको विवादास्पद तेल पाइपलाइन पुनः सञ्चालन गर्न आफ्नो विशेष कार्यकारी अधिकार प्रयोग गरेका छन्। राज्य सरकारको कडा विरोधका बाबजुद क्यालिफोर्नियाका बन्द रहेका तेल खानीहरूलाई ब्युँताउने पाँच-वर्षीय योजनाअन्तर्गत यो कदम चालिएको हो। शुक्रबार राष्ट्रपति ट्रम्पले 'डिफेन्स प्रोडक्सन एक्ट' (रक्षा उत्पादन ऐन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेलगत्तै ऊर्जा मन्त्री क्रिस राइटले ...
: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू क्रमिक रूपमा पुनः सुचारु भएका छन्। गएराति विमानस्थल नजिकै ड्रोन आक्रमण भएपछि इन्धन ट्याङ्कीमा आगो लाग्दा अस्थायी रूपमा उडानहरु स्थगित गरिएका थिए । सोही उडानहरू अहिले केही निश्चित गन्तव्यका लागि खुला गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विमानस्थलको एक इन्धन ट्याङ्कीमा आगो लागेपछि सुरक्षा सावधानीका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षाका लागि युद्धपोत पठाउन गरेको आग्रहलाई चीनले कूटनीतिक रूपमा पन्छाएको छ। ट्रम्पले सार्वजनिक रूपमै सैन्य सहयोग मागेको केही घण्टाभित्रै प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले मध्यपूर्वको तनावप्रति चिन्ता व्यक्त गरेको छ, तर युद्धपोत पठाउने विषयमा भने कुनै ठोस प्रतिवद्धता जनाएको छैन। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले वर्तमान स्थितिलाई 'अत्यन्तै ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन्। अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने, ‘हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी ...