मुख्य समाचार
गुलशनको सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित
गुलशनको सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ ।

२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुले । दोस्रो बलमा सकिल अहमदको ब्याटबाट एज लागेर विकेटकिपरकै छेऊबाट चौका गएको थियो । तेस्रो बल सोमपालले डट राखेका थिए । चौथो बलमा एक रन बटुले । त्यसपछि दुई बलमा दुई रन चाहिँएको थियो ।




पाँचौं बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए । सकिल १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे । ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । कश्याप प्रजापतिले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिए ।

ओमानलाई ओपनर कश्याप प्रजापति र जतिन्दर सिंहले १६.१ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । सन्दीपले जतिन्दरलाई एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।




२० औं ओभरको दोस्रो बलमा आरिफ शेखले आसिफ शेखबाट कश्यापलाई क्याच गराउँदै नेपाललाई खेलमा फर्किने संकेत दिए । कप्तान अकिब इलियास ३३ बलमा ५ चौकासहित २९ रनमा गुलशन झाको बलमा करण केसीबाट क्याच आउट भएपछि ओमान २४.३ ओभरमा ११३-३ को अवस्थामा थियो ।

गुलशन झाको बलमा आयन खान ९ रनमा क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको ३४ औं ओभरको पहिलो बलमा प्रतिक अथभले २६ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए । करणले नगरेपनि विकेटकिपरको अपिलमा उनी आउट भएका थिए । करणको अर्को ओभरमा खराब सट खेल्दै खालिद कैल १७ रनमा सोमपालबाट क्याच आउट भए ।

त्यसपछि ओमानको इनिङ शोएब खानले सम्हाल्लेका थिए । गुलशनको बलमा एज लागेर अर्जुन साउदबाट शोएब २६ रनमा क्याच आउट हुँदा ओमान ४१.३ ओभरमा १८९-७ को अवस्थामा थियो । त्यसपछि बलर हुँदा नेपालको जितको सम्भावना ह्वात्वै बढेको थियो ।

जय ओडेरालाई करण केसीबाट क्याच गराउँदै गुलशनले आफ्नो अन्तर्राष्टिय करिअरमा पहिलो पटक पाँच विकेट पूरा गरे । गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।





त्यसअघि किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।

कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । जसक्रममा उनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए ।

एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट भए ।

सोमपाल कामीले ८ बलमा २ छक्कासहित २० तथा सन्दीप लामिछाने १५ बलमा ११ रन जोडे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए । सकिल अहमद र शोएब खानले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले अव आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।

नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमाछ । क्यानडा ९ खेलमा ५ मा जितसहित १० अंकका साथ दोस्रो स्थानमा छ । युएई ४ खेलमा अंक विहीन हुँदै पुछारमा छ । नेपाल ६ खेलमा १ मा जितसहित २ अंकका सात सातौं स्थानमा छ । ८ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित