प्रधानमन्त्री ओली ४ असोजमा अमेरिका जाने, के के छ कार्यक्रम ?
प्रधानमन्त्री ओली ४ असोजमा अमेरिका जाने, के के छ कार्यक्रम ?

। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल ४ असोजमा अमेरिका जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली ८ असोजमा अमेरिकाको न्यूयोर्कमा सुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।


त्यस्तै उनी अमेरिकी राष्ट्रपति जो बाइडेनले ९ असोजमा दिने रात्रीभोजमा पनि सहभागी हुने मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै १० असोजमा प्रधानम्न्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।

न्यूयोर्कमा रहँदा प्रधानम्न्त्री ओलीले राष्ट्रसंघको समिट अफ द फ्युचर कार्यक्रममा पनि सम्बोधन गर्नेछन् । ७ असोजमा उनले कोलम्बिया युनिभर्सिटी र ११ असोजमा हाभर्ड विश्वविद्यालयमा पनि मन्तव्य दिनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नेछन् ।


प्रधानमन्त्रीको भ्रमण टोलीमा उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत रहनेछन् ।

प्रधानमन्त्री ओली अमेरिका भ्रमणबाट १४ असोजमा स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ ...
। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए । संविधान दिवसको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।
। नेपाली कांग्रेसले ७ असोजदेखि सुरु हुने पार्टीको १०० दिने विशेष अभियानमा खटिने प्रतिनिधिको काम निश्चित गरेको छ । अभियानमा जिल्लाजिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई बुधबार केन्द्रीय कार्यालयमा अभिमुखीकरण गरिएको छ । महामन्त्री गगन थापाले अभियानमा खटिने प्रतिनिधिहरुलाई उनीहरुको जिम्मेवारीबारे जानकारी गराएका छन् । १६ पुसमा सकिने अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिनिधिले सम्मेलन ...
चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव आधार शिविरनिर्माण गर्ने तयारी गरेको छ । उक्त मानवीय आधार सिविरको नाम लूनर बेस वा मून बेस हुनेछ । चीनको अन्तरिक्ष एजेन्सी CNSA (चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन) ले यस विषयमा आफ्नो योजना सार्वजनिक गरिसकेको छ । जसअनुसार उक्त मून बेस दुई चरणमा निर्माण हुनेछ। पहिलो २०३० मा र दोस्रो २०३५ ...