रुसको सहयोगमा चन्द्रमामा आधार शिविर बनाउँदै चीन
रुसको सहयोगमा चन्द्रमामा आधार शिविर बनाउँदै चीन

चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव आधार शिविरनिर्माण गर्ने तयारी गरेको छ । उक्त मानवीय आधार सिविरको नाम लूनर बेस वा मून बेस हुनेछ ।

चीनको अन्तरिक्ष एजेन्सी CNSA (चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन) ले यस विषयमा आफ्नो योजना सार्वजनिक गरिसकेको छ । जसअनुसार उक्त मून बेस दुई चरणमा निर्माण हुनेछ। पहिलो २०३० मा र दोस्रो २०३५ मा । चीनको उक्त योजनामा रूसले पनि सहयोग गरिरहेको छ ।




वास्तवमा चीन र रूस मिलेर अन्तर्राष्ट्रिय लूनर अनुसन्धान स्टेशन (ILRS) निर्माण गर्न गइरहेका छन्।् । जसअन्तर्गत २०३० देखि २०३५ को बीचमा पाँचवटा सुपर हेभी लिफ्ट रकेटहरू मार्फत निर्माण सामग्रीहरू चन्द्रमामा पठाइनेछ । जसबाट चन्द्रमामा आधारभूत रोबोटिक मून बेस निर्माण हुनेछ ।

चीनले यो प्रोजेक्टको नेतृत्व गरिरहेको छ । उसले हालै अनहुईमा सम्पन्न इन्टरनेशनल डीप स्पेस एक्सप्लोरेशन सम्मेलनमा आफ्नो योजनाको खुलासा गरेको हो ।




पहिलो चरण : चीनले २०३५ सम्ममा आफ्नो पहिलो चरण पूरा गर्नेछ । यो चन्द्रमाको दक्षिणी ध्रुवको नजिक हुनेछ ।

दोस्रो चरण : तत् पश्चात् यसको विस्तारित आधार शिविर सन् २०५० सम्ममा निर्माण गरिनेछ।

दक्षिणी ध्रुवमा प्राइमरी बेस, विस्तारित बेस झनै विकसित

चीनको डीप स्पेस एक्सप्लोरेशन प्रोजेक्टका प्रमुख डिजाइनर वू यानहुआका अनुसार विस्तारित मोडेलमा लूनर स्टेशन नेटवर्क हुनेछ । यसले लूनर अर्बिट स्टेशनको केन्द्रीय हबको रुपमा काम गर्नेछ ।

साथै यो दक्षिणी ध्रुवमा रहेको प्राइमरी बेससँग सम्पर्कमा हुनेछ । यसका अतिरिक्त, चन्द्रमाको अँध्यारो भागमा नोड बनाइनेछ । नोड भनेको चलायमान संरचना हो, जुन अनुसन्धानका लागि सो क्षेत्रमा पठाइनेछ र आवश्यक परेमा त्यसलाई तत्कालै चन्द्रमाको उज्यालो भागमा ल्याउन सकिनेछ ।

ऊर्जाका लागि सौर्य, रेडियोआइसोटोप र आणविक शक्ति

वूका अनुसार यो लूनर स्टेशन र बेसले सौर्य ऊर्जा, रेडियोआइसोटोप र न्यूक्लियर जेनेरेटरबाट ऊर्जा प्राप्त गर्नेछ । त्यसपछि चन्द्रमामा उच्च गतियुक्त चन्द्र सतह सञ्चार नेटवर्क बनाइनेछ । यसमा हपर, चालक रहित लामो दूरीका गाडीहरू, प्रेशराइज्ड र अनप्रेशराइज्ड मानवयुक्त रोभर पनि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ ...
। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए । संविधान दिवसको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।
। नेपाली कांग्रेसले ७ असोजदेखि सुरु हुने पार्टीको १०० दिने विशेष अभियानमा खटिने प्रतिनिधिको काम निश्चित गरेको छ । अभियानमा जिल्लाजिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई बुधबार केन्द्रीय कार्यालयमा अभिमुखीकरण गरिएको छ । महामन्त्री गगन थापाले अभियानमा खटिने प्रतिनिधिहरुलाई उनीहरुको जिम्मेवारीबारे जानकारी गराएका छन् । १६ पुसमा सकिने अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिनिधिले सम्मेलन ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विधान संशोधन प्रस्ताव पेश गरेका हुन्, जसमा एक महिलासहित तीन उपसभापति राख्ने उल्लेख छ । रास्वपामा हाल दुई उपसभापति (डीपी अर्याल र स्वर्णिम वाग्ले) छन् । महामन्त्री एक जना हुनेछन् । सहमहामन्त्री एक महिलासहित ...