कांग्रेसले तोक्यो १०० दिने अभियानमा खटिने प्रतिनिधिको काम
कांग्रेसले तोक्यो १०० दिने अभियानमा खटिने प्रतिनिधिको काम

। नेपाली कांग्रेसले ७ असोजदेखि सुरु हुने पार्टीको १०० दिने विशेष अभियानमा खटिने प्रतिनिधिको काम निश्चित गरेको छ ।

अभियानमा जिल्लाजिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई बुधबार केन्द्रीय कार्यालयमा अभिमुखीकरण गरिएको छ ।




महामन्त्री गगन थापाले अभियानमा खटिने प्रतिनिधिहरुलाई उनीहरुको जिम्मेवारीबारे जानकारी गराएका छन् ।

१६ पुसमा सकिने अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिनिधिले सम्मेलन हुन नसकेका स्थानको सम्मेलनकोे सुनिश्चित गर्नुपर्नेछ ।




प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनु पर्दछ । विभिन्न तहका कार्य समितिलाई वार्षिक कार्यतालिका बनाउन पनि लगाउनेछ ।

सय दिने अभियानमा सदस्यता विशेष अभियानका रुपमा ‘सदस्यता घर आगन अभियान’ सञ्चालन गर्ने महामन्त्री थापाले बताए ।



क्रियाशील सदस्यता कार्ड पुगे/नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नुपर्नेछ ।

‘क्रियाशील सदस्यता नवीकरण फारम प्राप्त भए नभएको, प्राप्त भएर पनि वितरण भए नभएको सबै अवस्था विश्लेषण गरी तत्काल नवीकरण प्रक्रिया अगाडि वढाउने । जुन तहमा क्रियाशील नवीकरण सदस्यता फारम रोकिएको छ सो खुलाई कुनै समस्या भए फुकाउने र वितरण सुनिश्चित गर्ने’, प्रतिनिधिलाई दिइएको कार्यादेशमा भनिएको छ ।

केन्द्रीय प्रतिनिधिले भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या पनि समाधान गर्नुपर्नेछ । भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निक्र्यौल गरी समाधानका लागि समन्वय गर्नुपर्नेछ ।

प्रतिनिधिले समसामयिक विषयमा समेत पार्टी पङ्तिलाई जानकारी गराउने कार्यादेश दिइएको छ । कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्य, महासमितिबाट पारित दस्तावेज र पार्टीले लिएका मुख्य मुख्य नीति, संविधान संशोधन, सहकारी ठगी प्रकरणमा पार्टीले लिएको अडान लगायतमा प्रतिनिधिले जानकारी गराउनु पर्नेछ ।

केन्द्रीय प्रतिनिधिले सय दिने सांगठनिक अभियानको वडासमेत सम्पूर्ण अभिलेख विवरण सहितको प्रतिवेदन केन्द्रले तोकेको ढाँचामा केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ ।

अभियानबाट आएका सुझावलाई पार्टीभित्र छलफल गरिने महामन्त्री थापाले अभिमुखीकरण कार्यक्रममा जानकारी गराए ।

सुझावहरु प्रदेश र संघीय सरकार तथा पार्टीसंग सम्बन्धित सुझाव एकत्रित गरी पार्टीमा पेश गरिने भएको छ । पार्टीको तर्फबाट जितेका स्थानीय तहमा जनप्रतिनिधिसंग संवाद गर्न र समन्वयका लागि हरेक स्थानीय तहमा समन्वय र सहजीकरण गर्ने संयन्त्र गठन गर्ने कांग्रेसले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ ...
। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए । संविधान दिवसको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।
चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव आधार शिविरनिर्माण गर्ने तयारी गरेको छ । उक्त मानवीय आधार सिविरको नाम लूनर बेस वा मून बेस हुनेछ । चीनको अन्तरिक्ष एजेन्सी CNSA (चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन) ले यस विषयमा आफ्नो योजना सार्वजनिक गरिसकेको छ । जसअनुसार उक्त मून बेस दुई चरणमा निर्माण हुनेछ। पहिलो २०३० मा र दोस्रो २०३५ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विधान संशोधन प्रस्ताव पेश गरेका हुन्, जसमा एक महिलासहित तीन उपसभापति राख्ने उल्लेख छ । रास्वपामा हाल दुई उपसभापति (डीपी अर्याल र स्वर्णिम वाग्ले) छन् । महामन्त्री एक जना हुनेछन् । सहमहामन्त्री एक महिलासहित ...