मुख्य समाचार
२०० हात्ती मारेर भोका जनतालाई मासु खुवाउँदै जिम्बाबे
२०० हात्ती मारेर भोका जनतालाई मासु खुवाउँदै जिम्बाबे

। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन ।

यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली हात्तीको सिकार गरिनेछ र त्यसबाट प्राप्त हुने मासु जनतालाई वितरण गरेर भोको पेटको आगो केही शान्त पार्ने कोसिस हुनेछ।

पछिल्लो समयमा अफ्रिकी मुलुकहरुमा अल निनो नामक महासागरीय उपक्रमका कारण लामो खडेरी परिरहेको छ। इसबाट करीब ६ करोड ८० लाख मानिस प्रभावित भएका छन् । सबै क्षेत्रमा खाद्य सामाग्रीहरुको चरम अभाव छ ।

जिम्बाबेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन विभागका प्रवक्ता तिनाशे फारावोले मासुका लागि २ सय जंगली हात्तीलाई मार्न लागिएको पुष्टि गरेका छन् ।

उनका अनुसार हात्ती मार्ने काम देशभर नै हुनेछ। सो कामलाई कसरी गर्ने भन्ने विषयमा अध्ययन भईरहेको उनले बताएका छन् । खाद्यान्नको अभाव झेलिरहेका समुदायलाई हात्तीको सिकार गर्नका लागि अनुमति जारी गरिने र सरकारी निकाय स्वयंले पनि हात्ती मारेर मासु वितरण गर्ने उनले बताए ।

त्यसरी मारिएका हात्तीको मासु ती समुदायलाई प्रदान गरिनेछ जहाँ खडेरीको मार सबैभन्दा धेरै छ र मानिसहरु खानाको अभावमा समस्यामा परेका छन् ।

स्मरण रहोस् जिम्बाबेमा हात्तीको हत्या गर्ने आधिकारिक सिलसिला सन् १९८८ बाट सुरु भएको थियो । खासगरी त्यहाँका ह्वांगे, मबिरे, शोलोशो र चिरेजी जिल्लामा हात्ती मार्ने गरिएको थियो ।

एनका अनुसार प्राकृतिक वातावरणले धान्नै नसक्ने गरी हात्तीको संख्या बढेको क्षेत्रबाट हात्ती सिकार गरिनेछ । जसमा सुख्खाग्रस्त ह्वांगे राष्ट्रिय निकुञ्ज पहिलो प्राथमिकतामा पर्नेछ । बढ्दो तापमानसँगै पानीका श्रोतको क्षयीकरणले गर्दा त्यहाँ मानिस र वन्यजन्तुबीच द्वन्द बढ्दै गएको छ ।

उक्त राष्ट्रिय निकुञ्जले १५ हजार मात्रै हात्ती धान्न सक्ने भएपनि हाल त्यहाँ हात्तीको संख्या ४५ हजार भन्दा धेरै छ। पानीको अभावले गर्दा गत डिसेम्बरमा उक्त निकुञ्जमा एक सयभन्दा धेरै हात्ती मरेका थिए ।

नमिबियामा पनि मारिंदैछ ८३ हात्ती

गत महिनादेखि जिम्बाबेको छिमेकी देश नामिबियामा ८३ वटा हात्ती मार्न सुरु गरिएको छ। त्यसरी हात्ती मार्नुको कारण चाहिं समान नै हो, अर्थात् आफ्ना भोकग्रस्त जनतालाई हात्तीको मासु खुवाउन सकियोस् । नामिबियाले हात्ती सहित गरी कुल ७ सय वन्यजन्तु मारेर जनतालाई मासु वितरण गर्ने योजना तीन हप्ताअघि नै घोषणा गरेको हो।

अफ्रिकामा २ लाखभन्दा धेरै जंगली हात्ती छन् । जिम्बाबे, जाम्बिया, बोत्सवाना, अंगोला तथा नामिबिया विश्वमै सबैभन्दा धेरै हात्ती भएका अफ्रिकी देशहरु हुन् ।

हात्तीको संख्या नियन्त्रण

जिम्बाबेको निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता तिनाशेका अन’सार हात्ती मार्नुका केही फाइदा पनि छन् र प्रमुख फाइदा भनेको हात्तीको संख्या नियन्त्रण गर्नु हो । यसबाट जंगलमा हात्तीको भिड कम हुन्छ र वासस्थानको अभावको समस्या समाधान हुन्छ । जिम्बाबेको जंगलले ५५ हजार हात्ती मात्रै धान्न सक्ने भएपनि अहिले त्यहाँ करीब १ लाख हात्ती रहेको भन्दै उनले २ सय हात्ती मार्नु भनेको केवल समुद्रबाट एउटा पानीको थोपा निकाल्नु बराबर रहेको बताए ।

विश्वकै ठूलो हात्तीको दाह्रा भण्डार

जिम्बाबेमा लगातार खडेरी परिरहेको छ। मनिस र हात्तीबीच द्वन्द बढिरहेको छ । जसका कारण प्राकृतिक संसाधनको कमी हुनजान्छ । गतवर्ष मात्रै जिम्बाबेमा हात्तीको आक्रमणबाट ५० जना मानिसको मृत्यु भएको थियो।

हात्तीको उच्च संख्याका लागि प्रसिद्ध जिम्बाबेले अहिले संकटापन्न प्रजातिको अन्तराष्ट्रिय व्यापार सम्बन्धी राष्ट्रसंघीय महासन्धि अर्थात् साइटिसको सदस्यताका लागि प्रयास गरिरहेको छ । ताकि उसले हात्तीका दाँत तथा जिवित हात्तीको व्यवसायका लागि मार्ग प्रसस्त गर्न सकोस् ।

उसो त जिम्बाबेसँग विश्वको सबैभन्दा ठूलो हात्तीको दाह्राको भण्डार रहेको छ । त्यहाँ करीब ८० अर्ब रुपैयाँभन्दा धेरै मूल्य पर्ने हात्तीका दाह्रा संग्रहित छन्, जसलाई जिम्बाबेले बिक्री गर्न पाएको छैन । त्यसैले यदि साइटिसमा जिम्बाबेले हस्ताक्षर गर्न पाएमा त्यहाँ खानेकुराको कमी नहुने तथा भोकमरी घट्ने बताइन्छ ।

मन्त्रीले दिइन् ग्रीन सिंग्नल

जिम्बाबेकी वातावरण मन्त्री सिथेम्बिसो नियोनीले गतहप्ता संसदमा बोल्दै सरकारले हात्ती मार्ने कार्यक्रमलाई स्वीकृति प्रदान गरेको जानकारी गराएकी थिइन् ।

उनले भनिन्ः वास्तवमा जिम्बाबेमा हामीलाई चाहिने भन्दा र हाम्रो जंगलले धान्ने भन्दा धेरै हात्ती छन् ।

नामिबियाले जस्तै हात्तीहरु मारेर मासु निकाल्ने, मासु सुकाउन तथा प्याकेजिंग गर्नका लागि महिलाहरुलाई परिचालन गर्ने र अभावग्रस्त समुदायमा प्रोटिनको श्रोतको रुपमा वितरण गरिने उनले बताइन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायलले इरानको राजधानी तेरहानमा भीषण हमला गरेको छ। सोमबार बिहान तेहरानको आकाशमा कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरू र इरानी सरकारी सञ्चार माध्यमका अनुसार राजधानीमा ठूला विष्फोटका आवाजहरू सुनिएका छन्। विष्फोटका घटनाहरू मध्ये एउटा ठूलो आगलागी मध्य तेहरानमा देखिएको थियो भने अर्को सहरको पश्चिमी भागमा देखिएको थियो। विष्फोटको समय इजरायली ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तटमा रहेको विवादास्पद तेल पाइपलाइन पुनः सञ्चालन गर्न आफ्नो विशेष कार्यकारी अधिकार प्रयोग गरेका छन्। राज्य सरकारको कडा विरोधका बाबजुद क्यालिफोर्नियाका बन्द रहेका तेल खानीहरूलाई ब्युँताउने पाँच-वर्षीय योजनाअन्तर्गत यो कदम चालिएको हो। शुक्रबार राष्ट्रपति ट्रम्पले 'डिफेन्स प्रोडक्सन एक्ट' (रक्षा उत्पादन ऐन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेलगत्तै ऊर्जा मन्त्री क्रिस राइटले ...
: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू क्रमिक रूपमा पुनः सुचारु भएका छन्। गएराति विमानस्थल नजिकै ड्रोन आक्रमण भएपछि इन्धन ट्याङ्कीमा आगो लाग्दा अस्थायी रूपमा उडानहरु स्थगित गरिएका थिए । सोही उडानहरू अहिले केही निश्चित गन्तव्यका लागि खुला गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विमानस्थलको एक इन्धन ट्याङ्कीमा आगो लागेपछि सुरक्षा सावधानीका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षाका लागि युद्धपोत पठाउन गरेको आग्रहलाई चीनले कूटनीतिक रूपमा पन्छाएको छ। ट्रम्पले सार्वजनिक रूपमै सैन्य सहयोग मागेको केही घण्टाभित्रै प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले मध्यपूर्वको तनावप्रति चिन्ता व्यक्त गरेको छ, तर युद्धपोत पठाउने विषयमा भने कुनै ठोस प्रतिवद्धता जनाएको छैन। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले वर्तमान स्थितिलाई 'अत्यन्तै ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन्। अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने, ‘हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी ...