स्थानीय तहको संख्या ५०० मुनि झार्ने रास्वपाको प्रस्ताव
स्थानीय तहको संख्या ५०० मुनि झार्ने रास्वपाको प्रस्ताव

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले संविधान संशोधनबारे पार्टीको धारणा पेश गरेका हुन् ।

स्वतन्त्र, गैरदलीय राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुने रास्वपाको प्रस्ताव छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र योग्य र विषय विज्ञहरुबाट मन्त्री बनाउने उनको प्रस्ताव छ । यो रास्वपाको पुरानै प्रस्ताव हो ।




पूर्ण समानुपातिक निर्वाचनको पक्षमा उभिने र राष्ट्रियसभालाई गैरदलीय विद्धान सभा बनाउने सभापति लामिछानेले प्रस्ताव गरेका छन् ।

लामिछानेले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका प्रमुखहरु रहेको विधायिकाबाट कानुन बनाउने प्रस्तावमाथि छलफल सुरु गर्ने प्रस्ताव गरेका छन् । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र ५ वटा मन्त्रालय राख्ने उनको प्रस्ताव छ ।




स्थानीय पालिकाहरुको संख्या पनि घटाएर ५०० मुनि ल्याउने रास्वपाको प्रस्ताव छ । ‘खर्चिलो, बोझिलो प्रदेश संरचना कुनै हालतमा स्वीकार छैन’ आगामी महाधिवेशनसम्म पार्टीको धारणा अझ प्रष्ट पार्ने भन्दै उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले गरेको आशंका समितिले पुष्टि गरेको बताएका हुन् । आफूहरुले गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी ...
। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी आज बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका ...
। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित मस्यौदा समितिले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । सरकार सञ्चालनका लागि सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम तयार पार्न केही दिन अगाडि मस्यौदा कार्यदल गठन गरेको थियो । कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत र एमालेबाट उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदलले ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताएका छन् । उनले दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको बताए । ‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने ...
। संसदीय सुनुवाइ समितिले १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन गरेको छ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार, श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो । ‘कागजात मगाउन निर्देशन दिएका छौं, आएपछि अनुमोदन हुन्छ’ निर्णय सुनाउँदै सभापति न्यौपानेले बताइन् ...