मुख्य समाचार
कामिन्दुको शतकमा श्रीलंकाको मध्यम ब्याटिङ
कामिन्दुको शतकमा श्रीलंकाको मध्यम ब्याटिङ

। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ।

गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ।




कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो।

कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, एन्जिलो म्याथ्युज ३६ र पाथुम निसांका २७ रनमा आउट भए ।




न्युजिल्यान्डका विलियम्स ओरुकले ३, ग्लेन फिलिन्सले २, टिम साउथी र अजाज पटेलले १–१ विकेट लिए । श्रीलंका र न्युजिल्यान्डबीच दुई टेस्ट खेलको सिरिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबलको फाइनलमा नेपाल पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाललाई पराजित गर्दै उज्वेकिस्तान विजयी भएको हो। उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो । खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेटमा नेपाल ...
। कात्तिक १ देखि १४ गतेसम्क आयोजना हुने सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टिम काठमाडौं आइपुगेको छ । टोली गएराति आइपुगेको हो । टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । सहभागी हुने/नहुने अन्योलका बीच अन्तिम समयमा पाकिस्तानले साफमा सहभागी हुन स्विकृति पाएको थियो । पाकिस्तानले भारतसँग पहिलो खेल खेल्दै प्रतियोगिता ...
: सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बोमा हुने फाइन भिडन्त स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ। हिजो भएको लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। त्यसअघि नेपाललले श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो ...
: टेनिस स्टार रफायल नडालले सन्यासको घोषणा गरेका छन्। २२ पटक ग्र्यान्ड स्लाम जितिसकेका ३८ वर्षीय नडालले सन्यास लिने घोषणा गरेका हुन्। यस वर्षको डेविस कपको फाइनल नै उनको करियरको अन्तिम खेल हुने बताइएको छ। 'तपाइँहरूलाई एउटा जानकारी दिलाउन चाहन्छु कि म व्यवसायिक टेनिसबाट सन्यास लिँदैछु,' भिडियो सन्देशमा उनले भनेका छन्। उनले पछिल्ला केही वर्ष आफ्ना लागि ...
। नेपालले श्रीलंकाको कोलोम्बोमा जारी काभा पुरुष यु-२० च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको छ। च्याम्पियनसिपमा नेपालको तीन खेलमा यो दोस्रो जित हो। कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-५, २५-१२, २५-२० ले सहजै पराजित गर्‍यो । दोस्रो जितपछि नेपालले ३ खेलबाट ६ अंक जोडेको छ। नेपालले यसअघि पहिलो खेलमा श्रीलंकालाई ३-० कै सेटमा पराजित ...