मुख्य समाचार
उत्साहजनक प्रदर्शनमा ‘शाम्बाला’, यस्तो छ ६ दिने कमाइ
उत्साहजनक प्रदर्शनमा ‘शाम्बाला’, यस्तो छ ६ दिने कमाइ

। काठमाडौंका ९ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘शाम्बाला’ले ६ दिनमा उत्कृष्ट कमाइ गरेको छ । निर्माता तथा निर्देशक मीनबहादुर भामका अनुसार फिल्मले यस अवधिमा १ करोड १९ लाख रुपैयाँ ग्रस कमाएको छ ।

प्रदर्शनको सातौं दिन बिहीबार कलेक्सन डेढ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । बिहीबार संविधान दिवसको सार्वजनिक बिदा भएकाले पनि शाम्बालाले बिदाको लाभ उठाउन सक्छ ।




भामकै अघिल्लो फिचर फिल्म ‘कालोपोथी’ले पहिलो साता २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । कालोपोथी सीमित हलमा रिलिज हुँदा शाम्बाला भने देशव्यापी प्रदर्शनमा आएको छ ।

बिहीबारदेखि ‘शाम्बाला’को शो संख्या र अकुपेन्सीमा पनि बढोत्तरी भएको देखिन्छ । ‘फिल्मले बिहीबारदेखि पिकअप लिएको छ । उत्साहजनक अकुपेन्सी र प्रतिक्रियाले हामीलाई खुसी दिएको छ’ भामले भने ।




भाम निर्देशित फिल्म बर्लिन र लोकार्नो फेस्टिभलपछि स्वदेशका हलमा रिलिज भएको हो । यो फिल्मले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व पनि गर्नेछ ।

फिल्मको प्रवर्द्धनका लागि निर्देशक भामसहित कलाकार थिन्ले ल्हामो, सोनम तोप्देन लगायत हल भिजिटमा व्यस्त देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...
: काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ। हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ। प्रताप मल्लको पालाबाट बनाइँदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरूको भनाइ छ। झाँकीसहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासँगै बौद्ध पिपलबोटदेखि टुसालसम्म पुगेको थियो। बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा ...
। बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । निर्मात्री नीता ढुङ्गानासँग उनले लिखित सम्झौता गरेका छन् । सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबङ ३ सहित हालै रिलिज भएको ‘मेट्रो इन दिनो’मा उनको अभिनय छ । बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा पनि अभिनय गरेका छन् । उनले यसअघि श्रीकृष्ण श्रेष्ठ ...
। विश्वचर्चित फिल्म ‘स्पाइडर-म्यान’को नयाँ श्रृंखलाको छायांकन ग्लास्गोमा सुरु भएको छ । प्राप्त भिडियो र तस्वीरमा अभिनेता टम हल्याण्डले छायांकन थलोमा प्रशंसकलाई भेटिरहेको देखिन्छ । नयाँ श्रृंखलाको नाम ‘स्पाइडर-म्यान : ब्राण्ड न्यू डे’ राखिएको छ । स्कटल्याण्डमा छायांकन भएको अभिनेता हल्याण्डको यो लगातार दोस्रो फिल्म हो । उनी गत महिना इन्भरनेस र मोरे वरपरका विभिन्न स्थानमा क्रिस्टोफर ...