मुख्य समाचार
सरकार र राज्यलाई कमजोर देखाएर समृद्धिको यात्रा तय हुँदैन : उद्योगमन्त्री
सरकार र राज्यलाई कमजोर देखाएर समृद्धिको यात्रा तय हुँदैन : उद्योगमन्त्री

: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक मन्दीबाट बच्न उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्। शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उत्पादन र रोजगारीका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। मन्त्री भण्डारीले अब घर-जग्गामा लगानी गरेर नेपालमा उत्पादन नहुने बताए।


'अब पुँजी ठूला -ठूला हाउजिङ, घरहरू, जग्गामा लोन दिएर नेपालमा उत्पादन वृद्धि हुँदैन,'उनले भने,' उत्पादन र रोजगारीमा लगानी गर्नुपर्नेछ।'

वर्तमान सरकार समृद्धिको यात्रामा क्रियाशील रहेकाले राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तरमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार सरोकारवालासँग गम्भीररुपमा छलफल गरिरहेको उल्लेख गरे।



मन्त्री भण्डारीले अहिले नेपालमा केही भएको छैन र हुँदैन पनि भन्ने भाष्य सृजना गरेर राज्यप्रति नै निराशा बाँड्ने काम भइरहेको आरोप लगाए। उनले सरकार मेरो हो भन्ने भाव राखेर काम नगरेसम्म समृद्धिको यात्रा तय नहुने बताए। उनले राज्य र सरकारलाई कमजोर देख्नेहरूबाट विकासको सम्भावना नरहेको दावी गरे।

सरकारलाई बेठिक देख्ने,राज्य कमजोर हुँदा रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुन नसक्ने जिकिर गरे।

'अहिले एउटा भाष्य के निर्माण भइरहेको छ भने हामीसँग संभावनाहरू छन्। जीवित छन्। हाम्रा संभावनाहरू हुँदाहुँदै पनि अन्तै संभावना देखिरहेका छौं। एउटा ट्रेण्ड नेपालमा खासमा युवा जमातमा एउटा निराशा व्याप्त रहने। त्यो निराशालाई प्रोत्साहित गर्न अनेका खालका लाञ्छना लगाइदिने,सरकार, राज्यप्रति निराशा पैदा गरिदिने। सरकार केही होइन। सरकारले गर्न चाहेको छैन भन्ने खालको भाष्य निर्माण गरेर एउटाखालको भाष्य निर्माण गरेर एकखालको निराशा व्याप्त गर्ने र त्यो खालको अराजकता गर्ने गतिविधि भइरहेको छ,'मन्त्री भण्डारीले भने,' आखिर सरकार कसको हो ? राज्य कसको हो ? जब सरकार कमजोर हुन्छ, जब राज्य कमजोर हुन्छ। सरकार मेरो हो राज्य मेरो हो भन्ने भाव आउँदैन तबसम्म देश बन्दैन।'

उनले आर्थिक समृद्धिका लागि पहिला राज्य र सरकार सफल हुनुपर्ने बताए। 'यदि राज्यलाई कमजोर देख्ने ,सरकारलाई कमजोर देख्ने, सरकार कसको हो त भन्दा सरकार फलानोको हो, कांग्रेसको हो, एमालेको हो, माओवादीको हो भनेर भन्ने ? उनले भने,'सरकार मेरो हो । सरकार नेपालको हो भनेर जबसम्म भाव आउँदैन तबसम्म राज्य बलियो हुँदैन। राज्य बलियो नभए कुनै क्षेत्र पनि बलियो हुँदैन।'

मन्त्री भण्डारीले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार कटिवद्ध रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...