मुख्य समाचार
सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ : प्रधानमन्त्री ओली
सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ : प्रधानमन्त्री ओली

: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको बताएका छन्। राष्ट्रिय विज्ञान दिवसको शुभकामना दिँदै ओलीले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रुपमा अंगीकार गर्ने नीति सरकारले लिए बताएका हुन्।




समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान तथा प्रविधिको भूमिका अपरिहार्य रहेको उनको छ। सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अंगीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर रहेको शुभकामना सन्देश रहेको छ।

एमाले अध्यक्षसमेत रहेका ओलीले भनेका छन्,‘सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ, विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रुपमा अंगीकार गर्ने नीति लिएको छ। विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ। यस्ता संगठनहरु उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ।’



ओलीले शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक रहेको उल्लेख गरे। ओलीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्ने उनको भनाई छ।‘पूर्वीय दर्शनले सयौं वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफूमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरुमा प्रष्ट छन्। हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो।’ उनले भने,‘समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौं। बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शिक्षा प्रणाली र मौलिक परम्परामा समेटिएका थिए। खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौं। समयक्रममा हाम्रा सामु नयाँ परम्परा र परिवेश आए र तिनलाई अगाडि बढाउनुपर्‍यो। अब फेरि हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्छ।’

उनले दिगो अर्थतन्त्रको निर्माणमा केन्द्रित हुन आवश्यक रहेको बताएका छन्। ‘सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवद्र्धन गर्न आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवाहरु केन्द्रित कार्यक्रमहरुको लागि सरकारले बजेट विनियोजन गरेको छ।’ उनले भने,‘देशलाई आवश्यक वैज्ञानिक खोज, अनुसन्धानमा उच्च शिक्षाका जनशक्तिहरुको उचित प्रयोग गरी तथ्य आधारित नीति, कार्यक्रमहरु निर्माणमार्फत् ज्ञानमा आधारित दिगो अर्थतन्त्रको निर्माणमा हामी केन्द्रित हुन आवश्यक छ। त्यसका लागि उपयुक्त कार्यक्रमहरु समन्वयात्मक रुपमा अगाडि बढाउन सरकारले प्रयास गरिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...