मुख्य समाचार
रास्वपालाई विभिन्न कोणबाट लडाउने प्रयत्न भएको छ, तर चुनावमा हराउन सक्दैनन् : लामिछाने
रास्वपालाई विभिन्न कोणबाट लडाउने प्रयत्न भएको छ, तर चुनावमा हराउन सक्दैनन् : लामिछाने

: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपालाई विभिन्न कोणबाट लडाउने प्रयत्न भइरहेको बताएका छन्। मंगलबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानले चुनावबाहेक अरु कहीँबाट रास्वपालाई लडाउन र हराउन नसक्ने जिकिर गरेका हुन्।


उनले दुईतिहाईको बलमा नयाँ दललाई मानमर्दन गर्न खोजे चुप लागेर नबस्ने बताए। दुई दल मिलेर बनाइएको सरकारले जनताको पक्षमा काम गरेर नयाँ दलको आवश्यकता र औचित्यलाई गलत सावित गर्न सुझाव दिँदै दुई तिहाईको बलमा नयाँ दललाई मानमर्दन गर्न खोजे चुप लागेर नबस्ने धारणा राखे।

सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको भन्दै उनले सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर नबस्ने र ढिलो–चाँडो सबैलाई रास्वपाले ठेगान लगाउने बताए। null



सभापति लामिछानले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन नदिएका कारण समितिले दिएको निष्कर्षमा कतिपयलाई चित्त नबुझेको बताए। सहकारीको पैसा ल्याउन आफ्नो भूमिका नरहेको विषयलाई कतिपयलाई स्वीकार्य गाह्रो भएको उनको भनाई छ।

दुई दिनसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी छन्। पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिने रास्वपाले जनाएको छ। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला बुधबार सकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...