मुख्य समाचार
नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट : परराष्ट्रमन्त्री
नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट : परराष्ट्रमन्त्री

: परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताको निकै लामो संघर्ष र बलिदानको दस्ताबेज भएको बताएकी छन्। क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले लोकतान्त्रिक शासन व्यवस्थामार्फत् संविधान तयार गर्न नेपाली जनताले निकै लामो संघर्ष गर्नुपरेको बताएकी हुन्।


क्यानाडाली विदेशमन्त्री मेलानी जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा .राणा क्यानाडामा छिन्।

'नेपालको संविधान २०७२ को घोषणा नेपाली इतिहासको एक महत्वपूर्ण क्षण हो । यो लोकतान्त्रिक संविधान नेपाली जनताको बृहत् सहभागीतामा बनेको समावेशी र प्रतिनिधिमूलक संविधान सभाले निर्माण गरेको हो उनले भनिन्,'त्यसैले यो नेपाली जनताको प्रत्यक्ष सहभागीताबाट निर्माण भएको संविधान हो ।'



उनले थपिन्,'यसकारण पनि यो संविधानले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक भावनाको प्रतिनिधित्व गर्दछ र जसले समावेशी र लोकतान्त्रिक समाज निर्माणमा सहयोग पुर्याउँदछ।'
विश्वव्यापी रुपमा स्वीकार गरिएका मानवअधिकार र नागरिक स्वतन्त्रताका मान्यताहरूलाई सम्मान गर्नु यो संविधानको एक महत्वपूर्ण पक्ष भएको बताउँदै मन्त्री राणाले यो संविधान शान्ति र समावेशिताको एक प्रतिक रहेको उल्लेख गरिन्।

नेपालको यो संविधानले नागरिकका अधिकारहरूको संरक्षण गर्दै कानुनी राज्यको मूल्यमान्यता अनुसार हरेक क्षेत्र र तहका नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार प्रदान गरेको मन्त्री राणाले चर्चा गरिन्। मन्त्री राणाले यो संविधानले मुलुकमा पछि परेका तथा उपेक्षित अवस्थामा रहेका हरेक समुदायका नागरिक तथा महिलालाई राज्यका सबै निकायमा प्रतिनिधित्व गराई उनीहरूको कानुनी अधिकार सुनिश्चितताको व्यवस्था गरेकाले विश्वकै लोकतान्त्रिक संविधानको एक दस्ताबेज भएको उदाहरण पनि पेश गरिन्।

उनले भनिन्,'मलाई लाग्छ हाम्रो संविधान विश्वकै एक समावेशी संविधान मध्येको एक हो,जसले सङ्घीय संसद र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ ।'

यो संविधान कार्यान्वयनमा आएको करिब एक दशकमा नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता राज्यका उच्च निकायमा महिला पुग्न सफल भएको दृष्टान्त पेश गर्दै मन्त्री राणाले देशका निजामती कर्मचारी,सुरक्षा निकाय एवं अन्य क्षेत्रमा पनि महिलाको प्रतिनिधित्व बढ्दै गएको उल्लेख गरिन्।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा. राणाले नेपालको प्रजातान्त्रिक प्रक्रिया र संविधान लेखनको अभियानमा क्यानडा सरकारले गरेको सहयोगको पनि सराहना गरिन्। प्रजातन्त्र, मानवधिकार र कानुनी शासनजस्ता आधारभूत विषयहरूमा दुवै देशको समान धारणा रहँदै आएको पनि उनले बताइन्।

राष्ट्रिय दिवस समारोहमा क्यानाडाली र नेपाली समुदायका नागरिकहरू सहभागी थिए। क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेलले मन्त्री डा. राणासहित समारोहमा सहभागीहरू सबैलाई स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...