मुख्य समाचार
लेबनानमा 'पेजर' विष्फोट : इरानी राजदूतसहित २८ सय घाइते, ९ जनाको मृत्यु
लेबनानमा 'पेजर' विष्फोट : इरानी राजदूतसहित २८ सय घाइते, ९ जनाको मृत्यु

लेबनानमा मङ्गलबार पेजर मेसिनबाट गराइएको विष्फोटमा इरानका राजदूतसहित २ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार विष्फोटमा एक बालकसहित अहिलेसम्म नौ जनाको मृत्यु भएको छ ।

लेबनानको राजधानी बेरुतलगायत अन्य धेरै ठाउँमा विस्फोटहरू भएका थिए।

इरानी राजदूतकी पत्नी मोजतबा अमानीले आफ्ना श्रीमानलाई सामान्य चोट लागेको र अस्पतालमा रहेको बताएकी छन् ।


समाचार एजेन्सी एएफपीका अनुसार हिजबुल्लाहका सांसद अली आमेर र उनीहरूका एक सदस्यकी १० वर्षीया छोरीको पनि विस्फोटमा मृत्यु भएको छ।

हिजबुल्लाहले इजरायललाई यी विष्फोटका लागि जिम्मेवार ठहर गर्दै यसलाई आपराधिक घटना भनेको छ।

हिजबुल्लाहले पनि जवाफ दिने बताएको छ। इजरायली सेनाले अहिलेसम्म कुनै पनि टिप्पणी गरेको छैन।

गत अक्टोबर ७ मा गाजामा इजरायल र हमासबीच युद्ध सुरु भएदेखि इजरायल र लेबनानबीचको सीमामा झण्डै दिनहुँ गोलावारी भइरहेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायलले इरानको राजधानी तेरहानमा भीषण हमला गरेको छ। सोमबार बिहान तेहरानको आकाशमा कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरू र इरानी सरकारी सञ्चार माध्यमका अनुसार राजधानीमा ठूला विष्फोटका आवाजहरू सुनिएका छन्। विष्फोटका घटनाहरू मध्ये एउटा ठूलो आगलागी मध्य तेहरानमा देखिएको थियो भने अर्को सहरको पश्चिमी भागमा देखिएको थियो। विष्फोटको समय इजरायली ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तटमा रहेको विवादास्पद तेल पाइपलाइन पुनः सञ्चालन गर्न आफ्नो विशेष कार्यकारी अधिकार प्रयोग गरेका छन्। राज्य सरकारको कडा विरोधका बाबजुद क्यालिफोर्नियाका बन्द रहेका तेल खानीहरूलाई ब्युँताउने पाँच-वर्षीय योजनाअन्तर्गत यो कदम चालिएको हो। शुक्रबार राष्ट्रपति ट्रम्पले 'डिफेन्स प्रोडक्सन एक्ट' (रक्षा उत्पादन ऐन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेलगत्तै ऊर्जा मन्त्री क्रिस राइटले ...
: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू क्रमिक रूपमा पुनः सुचारु भएका छन्। गएराति विमानस्थल नजिकै ड्रोन आक्रमण भएपछि इन्धन ट्याङ्कीमा आगो लाग्दा अस्थायी रूपमा उडानहरु स्थगित गरिएका थिए । सोही उडानहरू अहिले केही निश्चित गन्तव्यका लागि खुला गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विमानस्थलको एक इन्धन ट्याङ्कीमा आगो लागेपछि सुरक्षा सावधानीका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षाका लागि युद्धपोत पठाउन गरेको आग्रहलाई चीनले कूटनीतिक रूपमा पन्छाएको छ। ट्रम्पले सार्वजनिक रूपमै सैन्य सहयोग मागेको केही घण्टाभित्रै प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले मध्यपूर्वको तनावप्रति चिन्ता व्यक्त गरेको छ, तर युद्धपोत पठाउने विषयमा भने कुनै ठोस प्रतिवद्धता जनाएको छैन। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले वर्तमान स्थितिलाई 'अत्यन्तै ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन्। अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने, ‘हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी ...