मुख्य समाचार
१६ देशका प्रस्तावित राजदूतको नाम अनुमोदन, शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि भट्टराईको रोकियो
१६ देशका प्रस्तावित राजदूतको नाम अनुमोदन, शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि भट्टराईको रोकियो

: संसदीय सुनुवाइ समितिले १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले बताएकी छन्।




शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको उनले बताइन्। उनको शैक्षिक योग्यताको प्रमाणपत्र आएपछि अर्को बैठकमा थप छलफल गर्ने सभापति न्यौपानेले बताइन्।

राजदूतको नाम अनुमोदन गर्दा विभिन्न दलका समिति सदस्यहरूको फरक-फरक मत आएपछि सर्वसम्मत भने हुने सकेन। बैठकमा रास्वपा सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाका विषयमा र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माका साथै पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक दर्ज गराएको सभापति न्यौपानेले बताइन्।



त्यस्तै बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र अन्य दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ। संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन्। संविधानअनुसार सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...