मुख्य समाचार
१ करोड बढीको लत्ताकपडासहित २ जना पक्राउ
१ करोड बढीको लत्ताकपडासहित २ जना पक्राउ

: मकवानपुरमा १ करोड बढीको लत्ताकपडासहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहारका ३० वर्षीय जन्दार आलम र सोही स्थानका सहचालक १९ वर्षीय मुना मिया रहेका छन्।



हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित सडकमा सुनसरीबाट हेटौडा हुँदै काठमाडौं जाँदै गरेको बि-आर ०५ जिडि १३ ४३ नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा करिब १ करोड ३५ लाख बराबरको लत्ताकपडा बरामद भएको हो।

बुधबार करिब ३ बजेतिर विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा-१५ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।



जसमध्ये ३ सय ४५ बोरा आलुको भन्सार बिल काटेर उक्त ट्रकमा प्रति बोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखी आलुको बोराको भित्री भागमा लुकाई छिपाई गरी जम्मा ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एवं पाइन्टको कपडाहरू ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बरामद गरिएका सामानहरू, भारतीय ट्रक र उक्त ट्रकका चालक तथा सहचालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...