मुख्य समाचार
दुर्घटना न्यूनिकरणका लागि चालकको स्वास्थ्य परीक्षण
दुर्घटना न्यूनिकरणका लागि चालकको स्वास्थ्य परीक्षण

: सवारी दुर्घटना न्यूनिकरण गर्न विपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । रेयुकाई एइको मासुनाँगा अस्पताल र बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले विपी राजमार्गमा बढ्दो दुर्घटना न्यूनिकरणका लागि धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा साना तथा ठूला सवारीसाधनका चालकको स्वास्थ्य परीक्षण सडकमै गरेको हो।



चालकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सुरू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास कुमार तामाङले बताए। पछिल्लो समय चालकको उच्च र न्यून रक्तचापका साथै आँखाको देख्न सक्ने क्षमता कम भएका कारण सवारी दुर्घटना बढेको पाइएपछि यात्रुबस र अन्य सवारीका साधनका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको उनले बताए।

उनका अनुसार,१ सय ९१ चालकको अकस्मत स्वास्थ्य परीक्षण गर्दा ४६ जनामा उच्च रक्तचापको समस्या पाइएको र ६ जनामा मधुमेह तथा १० जनामा आँखाको समस्या देखिएको छ । उनीहरू सबैलाई थप स्वास्थ्य परीक्षण गर्न र औषधि सेवन गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...