मुख्य समाचार
राष्ट्रिय मुक्ति क्रान्ति पार्टी नेपाल गठनबारे निर्वाचन आयोगलाई जानकारी
राष्ट्रिय मुक्ति क्रान्ति पार्टी नेपाल गठनबारे निर्वाचन आयोगलाई जानकारी

: राष्ट्रिय मुक्ति क्रान्ति पार्टी नेपालले पार्टी गठनबारे निर्वाचन आयोगलाई जानकारी दिइएको छ। राष्ट्रिय मुक्ति क्रान्ति पार्टी गठनको बारेमा निर्वाचनमा आयोगमा केशव झाले निवेदन दर्ता गराएका हुन्।


मध्य बानेश्वरमा जारी पार्टीको राष्ट्रिय समिति बैठकमा अध्यक्ष राजेन्द्र महतोले सहभागीलाई निर्वाचन आयोगले आफ्नो दललाई स्वीकार गरेको जनाएको छ। ‘अब हामी राजनीतिक शक्ति निर्माण गर्न अघि बढ्छौं’, अध्यक्ष महतोले भने, ‘पार्टीका विधान, घोषणा पत्र, बनाउँदै पार्टी दर्ता गराउँछौं।’

राष्ट्रिय मुक्ति क्रान्ति अभियानको राष्ट्रिय समिति बैठकबाट मंगलबार राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरिएको थियो। देशमा बहुलराष्ट्रियnull राज्य स्थापना गरेरै छाड्ने दाबी सहित पार्टी गठन गरिएको हो। ६ महिना अघि लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग विद्रोह गरेको नेता महतोले नयाँ पार्टी घोषणा गरेका हुन्।



डेढ महिना भित्रमा सबै प्रक्रिया पूरा गरेर पार्टी दर्ता गरिने नेता झाले बताए। ‘पार्टीहरुको भिडमा हामी संख्या थप्न आएका होइनौं। मंसिरदेखि आन्दोलन लिएर सडकमा जान्छौं। जनताको अधिकार स्थापित गराउन अघि बढ्छौं’, नेता झाले भने, ‘ अब यो हाम्रो राजनीतिक जीवनको अन्तिम पार्टी हो। ३० वर्षको अवधिमा हामीले यो ११ औं पार्टी गठन गरेका छौं। हाम्रो प्रण हो।अब आउने दिनमा अब अर्को पार्टी गठन गर्नु नपरोस्। आत्मआलोचना गर्छौ, साथीहरुको प्रशंसा गर्छौं। अनि सबै पक्षलाई समेटेर पार्टी बनाउँछौं। ’

पार्टीका नेता बुद्ध छिरिङ मुक्तानले राष्ट्रिय मुक्ति क्रान्ति पार्टीले नेपाली जनताहरुको टुक्रिएको मनलाई जोड्न गठन भएको बताए।‘देशबासीको मन, मनमा स्वदेशवाद छ ’, नेता मुक्तानले भने ‘ अधिकारका लागि लड्दा देश टुक्रियाउने बिल्ला भिडायो। जब कि त्यो गलत थियो। उनै मान्छे राजेन्द्रजीले नेपाली जनताको मुटु मुटुलाई जोड्न पार्टी गठन गरेर अघि बढ्नु भएको छ। नेपाली राजनीतिमा यो अच्चम र अनौठौ घटनाक्रम हो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...