मुख्य समाचार
राम्रो काम गर्दागर्दै हामीलाई भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन् : प्रचण्ड
राम्रो काम गर्दागर्दै हामीलाई भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन् : प्रचण्ड

: नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरू भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको छ।


बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीप्रति देशभर आकर्षण देखिन सुरू भएको बताए। आफूहरू परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिँदै उनले पार्टीप्रति जनआकर्षण बढ्दै गएको बताए।

‘अरुबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर अहिले भने सबैतिर उत्साह देखिएको छ,' उनले भने,‘हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट,माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन्,सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन्। यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ।’



त्यसका लागि पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताए। अब केही दिन र महिनाका लागि भन्दा पनि निरन्तर चल्ने अभियान बनाउनुपर्ने आवश्यक देखिएको उल्लेख गर्दै उनले सल्लाहकार र अग्रजहरूलाई आफूले देखेका र भोगेका अनुभवसहित परापमर्श दिन आग्रह गरे।

बैठकमा सहभागीहरूका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम छ। केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ। माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग,लेखा आयोग र प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।

अब प्रवास प्रदेशअन्तर्गतको अमेरिका र यूरोप संगठन समितिको बैठक बाँकी रहेको छ। परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ। केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...