मुख्य समाचार
सिमलताल दुर्घटनामा ज्यान गुमाएका बस चालकका दुई छोरालाई १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था
सिमलताल दुर्घटनामा ज्यान गुमाएका बस चालकका दुई छोरालाई १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था

: चितवनको सिमलतालमा असार २८ गते भएको बस दुर्घटनामा परि ज्यान गुमाएका एन्जल डिलक्स बसका चालक जवाहीर महतोका दुवै छोराको निःशुल्क पठनपाठनको व्यवस्था वीरगन्ज महानगरपालिकाले गरेको छ।


चितवनको सिमलतालमा असार २८ गते खसेको पहिरोले त्रिशूली नदीमा खसेर बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस बेपत्ता भएको थियो। उक्त दुर्घटनामा एन्जल डिलक्स बसका चालक वीरगन्ज–१६ का जवाहीर महतोसहित ६२ जनाको ज्यान गएको थियो।

बुधबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महतोका दुई छोरा श्याम कुशवाहा महतो र बिट्टु कुशवाहा अध्यनरत वीरगन्ज–१६ नगवास्थित सनलाइट माविमा पुगेर दुवै जनाको १२ कक्षासम्मको अध्ययनको जिम्मा महानगरपाालिकाले लिने गरी व्यवस्था मिलाएका हुन्। महतोका जेठा छोरा श्याम कक्षा ४ मा र कान्छा छोरा बिट्टु यूकेजीमा अध्ययनरत छन्।



बुधबार विद्यालयमै पुगेर मेयर सिंहले विद्यालयका प्रधानाध्यापक आलोक चौरसियालाई भेटेर दुवै बालकको १२ कक्षा कक्षा सम्मको पठनपाठन निःशुल्क गरिदिन र त्यसका लागि आवश्यक प्रबन्ध महानगरपालिकाले गर्ने बताएको मेयर सिंहका प्रेस सल्लाहकार महेश दासले जानकारी दिए।

महानगरका मेयर सिंहको आग्रहमा दुवै बालकहरुलाई कक्षा १२ सम्म अध्ययन निःशुल्क गर्ने गरी व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक चोरसियालेपनि बताए। यसअघि दुर्घटना भएको ४ दिनपछि साउन २ गते मृतक महतोको घरमै पुगेरपनि मेयर सिंहले महतोका छोराछोरीको पठनपाठनको जिम्मा महानगरपालिकाले लिने वाचा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्। पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए। 'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं ...
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...