मुख्य समाचार
रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुन्छ : गगन थापा
रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुन्छ : गगन थापा

: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्।

पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए।

'गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं सहकारीलाई ठगेको छ। गैरकानुनी तरिकाबाट सहकारीको पैसा ल्याएको छ। अनि अहिले आएर 'मैले चेकमात्र काटेको हुँ, पैसा कहाँबाट आएको हो थाहा छैन' भन्न मिल्दैन। छानबिन समितिले नाम नै उल्लेख गरेर गोरखा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलालाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ। उनीहरूलाई सहकारी ऐनको दफा १२२ र संगठित अपराधमा मुलुकी अपराध संहिताको दफा ३० आकर्षत हुन्छ,' महामन्त्री थापाले भने।



उनले राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतमाथि पनि सहकारी ऐनको दफा १२२ बमोजिम नै कारबाही भइरहेको बताए। उक्त दफाले सहकारीमा बसेर होस् वा बाहिरबाट ठगी गर्नेहरूलाई कारबाही हुने उल्लेख रहेको महामन्त्री थापाको भनाइ छ। उनले गोरखा मिडयाले आफूले सोचेको भन्दा बढी ठगी गरेको बताए। उनले गोरखा मिडियाका सञ्चालकले बिउ पुँजी पनि सहकारीबाट ठगेर ल्याएको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समितिका सदस्यसमेत रहेका शिशिर खनाललाई 'छट्टु'को रूपमा टिप्पणी गरे। 'प्रतिवेदनमा सहकारी ठग्नेलाई कारबाही गरियोस् भनेर सही पनि गर्ने अनि बाहिर आएर हाम्रो सभापतिले क्लिन चिट पाउनुभयो भन्नेलाई छट्टु नभनेर के भन्ने,' थापाले भने।

उनले आफूहरूकै जडबलमा सहकारी ठगीसम्बन्धी संसदीय समिति बनेको र समितिको प्रतिवेदनबाट सत्य खुलेको बताए। 'गोरखा मिडियाका सञ्चालक आफैं सरकारको जिम्मेवार पदमा भएका करणले सहकारी ठगीमा छानबिन हुन सकेको थिएन। उनीविरुद्ध जाहेरी पर्दापर्दै पनि छानबिनमा अवरोध गरियो। त्यसैले राज्यका निकायले छानबिन गर्छ भनेर विश्वास नरहेपछि हामीले संसदलाई गुहारेका थियौं,' थापाले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्। बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वर स्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्। नाथम विकास ऐनअन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले आपसी मनमुटावको समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे। पार्टीका सबै सदस्यहरूको गुनासोलाई न्यायोचित ढंगले समाधान गर्न उनले आग्रह गरे। उनले पार्टी एकताबद्ध भएमात्रै बलियो बन्नसक्ने बताए। फरक प्रसंगमा उनले रवि ...
: सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ। कांग्रेस-एमाले नेतृत्वको गठबन्धन बनेपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताए। न्यूनतम साझा कार्यक्रमका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे। उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन्। राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेको भन्दै यसलाई दोब्बर नबनाएसम्म गुणस्तर सुधार हुन नसक्ने बताएका हुन्। उनले शिक्षा क्षेत्रको सुधारका लागि राज्य, सांसद, नेता सबै गम्भीर भएर अघि ...