मुख्य समाचार
‘कंगुवा’ फूलपातीबाट पछि सर्‍यो, नेपाली फिल्मलाई राहत
‘कंगुवा’ फूलपातीबाट पछि सर्‍यो, नेपाली फिल्मलाई राहत

। प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कंगुवा’को प्रदर्शन मिति सरेको छ । दशैंको फूलपातीमा आउने भनिएको सूर्या अभिनित फिल्म अब कात्तिक ३० (नोभेम्बर १५)मा रिलिज हुनेछ ।

फूलपातीमै आउन लागेको रजनीकान्त स्टारर अर्को साउथ फिल्म ‘भेट्टाइयान’का कारण ‘कंगुवा’लाई पछि सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माताले बिहीबार ‘कंगुवा’को नयाँ मिति सार्वजनिक गरेका हुन् ।




सूर्या र बबी देओलको मोसन पिक्चर सेयर गर्दै निर्माताले लेखेका छन्, ‘द ब्याटल अफ प्राइड एण्ड ग्लोरी । कंगुवाको पराक्रमी शासनले नोभेम्बर १० देखि पर्दामा आँधी सिर्जना गर्नेछ ।’

मोस्टाज पोस्टरमा सूर्या र बबी उत्कृष्ट लुक्समा देखिएका छन् । शिवद्वारा निर्देशित ‘कंगुवा’ प्रतीक्षित भारतीय फिल्ममध्ये एक हो । ३५० करोड भारु भन्दा बढी बजेटमा बनेको यो फिल्म यस वर्षको महंगो भारतीय फिल्म बताइएको छ ।




यो फिल्म फूलपातीबाट पछि सर्दा सोही मितिमा रिलिज हुन लागेका नेपाली फिल्मलाई भने राहत मिलेको छ । केही वितरक यो फिल्मलाई नेपालमा ल्याउने तयारीमा थिए ।

‘कंगुवा’ पछि सर्दा फूलपातीमा रिलिज हुन लागेका छक्कापञ्जा ५, १२ गाउँ र ज्वाइँ साबलाई राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...
। अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, ...