मुख्य समाचार
बिना लगानी शेयर लिनु भ्रष्टाचार हो, रवि लामिछानेले अनुचित काम गरे : शंकर पोखरेल
बिना लगानी शेयर लिनु भ्रष्टाचार हो, रवि लामिछानेले अनुचित काम गरे : शंकर पोखरेल

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचार गरेको बताएका छन्। आज घोराहीमा भएको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा बिना लगानी शेयर लिएर भ्रष्टाचार गरेको दाबी गरेका हुन्।


‘गोरखा मिडिया प्रालिमा रवि लामिछानेले बिना लगानी शेयर लिएको स्विकार गरेका छन्। रवि लामिछानेको भनाई मान्ने हो भने बिना लगानीको साझेदारी प्राप्त गर्नु भएको हो। त्यहि अन्य राजनीतिक दलले गरेको भए के गर्थे भने के हुन्छ ? आफूले लगानी नै नगर्ने तर १५ प्रतिशत शेयर प्राप्त गर्ने !’ पोखरेलले भने, ‘बिना लगानी हिस्सेदारी/ साझेदार बन्ने पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन। बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो।’

बिना लगानी शेयर पाउने कुरा अनैतिक भएको उनको टिप्पणी छ। लामिछानेले सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए। सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको उनको भनाई छ। ‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो।’ पोखरेलले भने,‘ रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै ग्याँस बुलेटको ठक्करबाट शुक्रबार राति साइकलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि ...
: नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षLय छलफलमा उक्त सहमति भएको हो। आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरL निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका हुन्। मन्त्री देवेन्द्र दाहालको अगुवाईमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला समेत ...
। सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो । समितिले ...
: वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले रामहरि भण्डारी पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ ...
। अमेरिकामा १० लाख डलर ठगेर नेपाल आएका एक व्यक्ति १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका पंकज जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई करोड ६ ...