मुख्य समाचार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः प्रचण्ड
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः प्रचण्ड

। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् ।

आज बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।


शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने उनको धारणा छ । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष–विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’ प्रचण्डले भने, ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ ।’

२०३१ सालमा तत्कालीन राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई अमेरिका, चीनलगायत १३० भन्दा धेरै देशले समर्थन गरे पनि सिक्किमलाई गाभेको भारतले अस्वीकार गरेको थियो । उक्त प्रस्ताव हाल नेपालले बोक्न छाडिसकेको छ ।

दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको अध्यक्षता गठित शान्ति क्षेत्र अभियानले पुन: यसलाई अघि बढाउन पहल गर्दै आएकको छ ।

माओवादी केन्द्रका धेरै नेताहरुले शान्ति क्षेत्रको प्रस्ताव पार्टीभित्र छलफल गरौं भनिरहेको जानकारी दिँदै प्रचण्डले आफू पनि यसमा खुला छलफल गर्ने पक्षमा रहेको बताए । ‘हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौं,’ प्रचण्डले भने ।

आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने जानकारी उनले दिए ।

अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताए । उनले यो अभियानलाई आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा नेतृत्वको अभियानले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा शान्ति क्षेत्रको आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिए ।

दाङबाट सुरु भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौंमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै ग्याँस बुलेटको ठक्करबाट शुक्रबार राति साइकलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि ...
: नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षLय छलफलमा उक्त सहमति भएको हो। आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरL निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका हुन्। मन्त्री देवेन्द्र दाहालको अगुवाईमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला समेत ...
। सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो । समितिले ...
: वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले रामहरि भण्डारी पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ ...
। अमेरिकामा १० लाख डलर ठगेर नेपाल आएका एक व्यक्ति १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका पंकज जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई करोड ६ ...